रसुवा, ४ साउन । रसुवाको नौकुण्ड गाउँपालिकामा समयमा नै स्वास्थ्य संस्था पुर्याउन नसक्दा सुत्केरीको ज्यान गएको छ । समयमा नै स्वास्थ्य संस्था पुर्याउन नसक्दा नौकुण्ड(६ सस्र्युङका ३४ वर्षकी फूलमाया घिसिङको ज्यान गएको हो ।
मंगलबार राति घरमा नै बच्चा जन्माएकी घिसिङको साल नखस्दा बुधबार बिहान ज्यान गएको छिमेकी शैलेस लोप्चनले जानकारी दिए ।
स्वास्थ्य चौकी घरबाट टाढा र सडकमा गएको पहिरोले सुत्केरी गराउन स्वास्थ्य चौकी लैजान नसकिएको लोप्चनको भनाई छ । बच्चाको अबस्था सामान्य रहेको छ ।