वीरगन्ज, ४ साउन । पर्सा प्ररहीले आलुको बोरा भित्रबाट ठुलो परिणाममा बन्दुकको गोलीसहित दुई जनालार्इ पक्राउ गरेको छ।
फोटो :अन्नपूणपोष्ट
यसरी पक्राउ पर्नेहरुमा पर्साको साविकको गाविस बागवाना ७ मनवा टोल हाल पर्सा गढी गाँउपालिका वडा नम्बर १ का ५५ वर्षीय क्षेत्री चौधरी र त्यही ठाँउ घर भएका मोटरसाइकल चालक २१ वर्षीय रामकिसुन चौधरी रहेका छन् ।
पर्साको मनवा र रंगपुर टाँडीबिचको सडकमा मंगलबार साँझ ना ४५ प ९११६ नम्बरको मोटरसाइलकमा सवार रहेका दुई जनाले बोकेको आलुको बोरा प्रहरीले चेकजाँच गर्दा बोराभित्र १२ बोरको बन्दुकमा लाग्ने ५० थान गोली बरामद भएको हो।