तुलसीपुर ४ साउन । उच्च अदालत तुलसीपुरले नेपाल संस्कृत बिश्वबिद्यालय कर्मचारी संघको ९ औ केन्द्रीय अधिबेसन सञ्चालन गर्ने ढोका खुल्ला गरिदिएको छ । नेपाल संस्कृत बिश्वबिद्यालय प्रगतीशिल कर्मचारी संघको तर्फबाट बिनय पोख्रेल र राष्ट्रिय कर्मचारी संघको तर्फबाट कमल पोख्रेलले गत साउन २ गते अधिबेसन रोक्न रिट दायर गरेका थिए ।
संघको अधिबेसन उद्घाटन जारि भईरहदा पोख्रेलद्धयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका हुन् । अबैद्य रुपमा अधिबेसन शुरु गरिएको भन्दै पोख्रेलद्धयले दायर गरेको निबेदनका आधारमा ३ गतेका लागि रोकिएको अधिबेसनलाई आज बुधबार अदालतमा छलफल पछि अधिबेसन रोक्नु पर्ने कुनैपनि कारण नभएको भन्दै अधिबेसनको लागि उच्च अदालतले ढोका खुल्ला गरिदिएको हो ।
संघको ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि आबश्यक प्रक्रिया गर्न निर्वाचन समितिले साउन १२ गतेदेखि शुरु गर्ने भएको छ । निबेदनकको तर्फबाट अनीरुद्ध गिरी,भुवनेश्वर शर्मा र रामशरण चौधरीले वहश गरेका थिए । भने बिपक्षीको तर्फबाट अधिबक्ता रेवतीरमण भट्टराई र रबिन्द्र धितालले वहस पैरबी गरेका थिए ।