तुलसीपुर ४ साउन  । संचार  माध्यामको पहुँच ग्रामिण क्षेत्र सम्म पुग्नु पर्ने एक कार्यक्रमको बक्ताहरुले बताएका छन् । बक्ताहरुले ग्रामिण, बिकट क्षेत्रका आवाजहरु सञ्चार माध्यामले समेट्नु पर्ने बताएका थिए । तुलसीपुरमा बुधबार भएको विकासका लागि सञ्चार साझेदारी विकास कार्यक्रम अन्र्तगत स्थानीय विकास तथा सुशासनमा मिडियाको भुमिका दिगोपना सरोकार समुह विषयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । उनीरुले सञ्चार माध्यमहरु स्वतन्त्र हुनुपर्ने बताएका थिए ।

program

ईक्वेलएक्सेस ईन्टरनेश्लनको सहयोग तथा तुलसीपुर एफएमको आयोजनामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सञ्चार माध्यामको बिकासका लागि दिर्घकालिन योजना बनाएर अघि बढ्ने बताएका थिए । समग्र जिल्लाको बिकसका लागि सञ्चार माध्यामको भुमिका महत्वपुर्ण हुने उनले बताए । यहाँको विकास, सामाजिक,आर्थिक,न्यायिक सम्पादन,सुशासन र आत्मीयता कायम गर्नका लागी स्थानिय तह र आम सन्चार माध्याम विच समुधुर सम्बन्ध हुनुपर्ने समेत उनले बताए ।

कार्यक्रममा शान्तिनगर गाउपालिकाका अध्यक्ष कमान सिंह डाँगीले सञ्चार माध्यामले बिकट क्षेत्रको बिकासका लागि सञ्चार माध्यामको भुमिकाको प्रसंसा गरेका थिए । साथै बिकासका लागि सञ्चार माध्यामको भुमिका महत्वपुर्ण हुने बताएका थिए । त्यस अबशरमा तुलसीपुर उपमहानगरपालिका ५ का सदस्य सुरेस श्रेष्ठ, जनमुक्ति पार्टीका लिला पुन, जनजागरण पार्टी नेपालका जिल्ला अध्यक्ष टोप बहादुर महतारा, अधिकारकर्मी निर्मल नेपाली, पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल, रिर्पोटस क्लव दाङका अध्यक्ष शरद रेग्मी, राष्ट्रिय समाचार समितिका अञ्चल प्रमुख नारायणी रजौरे, तुलसीपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष देव बहादुर केसी लगाएतले भनाई राखेका थिए ।

ईक्वेलएक्सेस ईन्टरनेश्लनका सञ्चार सल्लाहकार विनय गुरागाईले कार्यक्रमको वारेमा जानकारी गराएका थिए भने सहजीकरण रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरीले गरेका थिए ।