माधव बेल्वासे
चन्द्रौटा,  ४ साउन। ब्यापार सघं कपिलवस्तुको द्धारा नवनिर्वाचित जनप्रतिनिधी हरुलाइ बधाइ तथा सुझाब दिएइएको छ ।नवनिर्वाचित शिबराज नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष, तथा कार्यपालिका सदस्य महाराजगंज नगरपालिकाका प्रमुख तथा उपप्रमुख बिजयनगर गाउंपालिकाका प्रमुख तथा उपप्रमुख लगायतलाई सम्मान तथा बधाइ ज्ञापन गरिएको छ । जनताले चुनेका प्रतिनिधिहरुलाई सम्मान सगै बिकासका कार्यलाइ तिर्वता दिन सुभाव समेत दिएको छ ।

20206452_1837776726540450_1098981206_nविगतका दिनमा पनि व्यापार संघले प्रदेश न ५ को राजधानि कपिलवस्तु वनाउनुपर्नेमा आवाज उठाउदै आएको र जन प्रतिनिधिले राजधानि बनाउन पहल गर्न अनुरोध गरिएको थियो ।

बिकास निमाणर््ाको कार्यलाइ तिव्रता दिदै शिवराज नगरपालिकाका पर्यटकिय स्थलको रुपमा बिकास गर्न ,शिबगढी मन्दिरमा केबुलकार संचालन गरि प्रर्यटक आवगमन गराउने ,अन्य बिभिन्न पर्यटकिय सम्भावना बोकेका स्थानका प्रचार प्रसार गर्न जनप्रनिधिहरुले मुख्य प्रथमिकतामा राख्नुपर्ने जोड दिइएको थियो ।

महाराजगञ्ज , शिबराज , कृष्णनगर नगरपालिका तथा बिजयनगर गाउंपालिका लाइ समेटेर रिङ रोडको अबधारण प्रस्तुत गर्न भष्टचार अनियमित रोक्न बसपार्क निमार्ण स्वच्च र ब्यबस्थित बजार निमार्ण गर्न समेत सुझाव दिइएको छ ।

कार्यक्रम ब्यापार सघं कपिलबस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता नव निबाचित जनप्रतिनिधी, ब्यापारी बिभिन्न सघंसस्थाका प्रतिनिधी हरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।