साउन ४, काठमाडौं । सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको तेस्रो दिन पनि नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गर्नुभएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेताहरुले चुनावी समीक्षा गर्नुभएको हो ।

maobadi sachibaalayaबुधबारको बैठकमा महादेव यादव, जगत यादव, किशन शर्मा, भानुप्रकाश श्रेष्ठ, अग्निप्रसाद सापकोटा, हितराज पाण्डे, हकिकुल्लाह खाँ, श्रवणकुमार यादव, विष्णुपुकार श्रेष्ठ, गणेशमान पुन, डाचाराज वाग्ले, खिलप्रसाद बुढाथोकी, सुदन राई, बाबुराम गौतम, लिलामणि पोखरेल, रेखा शर्मा, बसन्त घर्ति र तिलक परियार गरी १८ जना नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

चुनावी समीक्षा गर्दै नेताहरुले बलियो संगठन नभएका कारण नै निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभएको रिपोर्ट प्रस्तुत गर्दै पार्टी पूनर्निर्माणमा जोड दिनुभएको छ । सचिवालय बैठक बिहीबार पुनः बस्नेछ ।