म्याग्दी, ४ साउन । म्याग्दीको मालिका गाउँपालिका(२ रुमको धुलाबाङमा शिव जिसीको हत्या भएको छ । मंगलबार राति शिवलाई श्रीमती रञ्जनाले घरमै कोदालोले हानेर मारेको प्रहरीले जनाएको छ ।

feature0घरायसी विवाद हुँदा रञ्जनाले श्रीमानलाई कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताए । घटनामा संलग्न रञ्जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।