बारा । बुधबार बिहानै बारामा एकै परिवारका दुई जना (आमा छोरा) को हत्या भएको छ । परवानीपुर गाउँपालिका १ रहरीया डिहका ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको धारितो हतियार प्रहार गरी हत्या भएको हो ।
सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, उनकी छोरी २० वर्षीया रीना कुमारी गम्भीर र बुहारी मनिता समान्य घाइते छिन् । उनीहरूको परवानीपुरको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल वरिपरि बाक्लो प्रहरी परिचालन गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने कारण खुलेको छैन ।











