सिमिकोट। हुम्लामा बाक्लो हिमपात भएको छ । मंगलवारदेखि हिमपात शुरु भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार त्यहाँ करिव दुई फिट हिउँ जमेको छ ।

हिमपात हुदा चिसोले जनजीवन केही कष्टकर बनेपनि स्थानीयहरु खुसी छन् । उनीहरु हिउ पर्दा वाली सप्रने भएकाले खुसी भएको हुन् । सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपात भएको छ ।

लामो समयसम्म हिमपात नभर दुखी भएका स्थानीयहरु हिउ परेपनि जेठासे बाली सप्रनुका साथै अन्य वालीलाई पनि फाइदा पुग्ने स्थानीय बताउँछन् । त्यहाँ यो वर्षको दोस्रो पटक हिमपात भएको हो ।