इन्द्रेणी संवाददाता

दाङ । ग्यालेक्सी एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । परीक्षामा सहभागी २८ जना विद्यार्थीमध्ये ४ जनाले अति उत्तम ए प्लस (A+) ग्रेड हासिल गरेका छन् भने बाँकी विद्यार्थीहरूले ए (A) र बी प्लस (B+) ग्रेडसहित उल्लेखनीय सफलता हासिल गरेका छन् ।

विद्यालय प्रशासनले सबै विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकहरूको सहयोगका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाउँदै यस सफलता प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

ग्यालेक्सी एकेडेमीले एसईईमा सफल भई उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना हुन आमन्त्रण गर्दै नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला भएको जानकारी समेत दिएको छ ।

विद्यालयका प्राचार्य गोपाल प्रसाद भुसालका अनुसार होटेल व्यवस्थापन, व्यवस्थापन, शिक्षा तथा कानुन संकायमा भर्ना प्रक्रिया सञ्चालनमा रहेको छ र विद्यार्थीहरूको शैक्षिक प्रगति र भविष्यलाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षाका लागि आवश्यक सबै पूर्वाधार तयारी गरिएको छ ।