काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।
हेरफेर गरिएको मर्यादाक्रम अनुसार प्रधानमन्त्री वालेन्द्र शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् । यसैगरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ रहेका छन् ।












