काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी सो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याल भारतबाट पक्राउ परेका हुन्। यस प्रकरणमा यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ । उनीहरु विरुद्ध ठगी र सङ्गठित अपराधको कसुरमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको बताइएको छ ।











