काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक आज बस्ने भए पनि समय भने निर्धारण भएको छैन। स्रोतका अनुसार आज अपरान्ह ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
