काठमाडौँ । नेकपा एमालेको बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।

भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।