गोविन्द खड्का
घोराही, १९ असार । राम्रा मान्छेहरुले गर्ने कर्मका रुपमा राजनीतिलाई विकास गर्न अझै बाँकी रहेको यस पटकका मतदाताले व्याख्या गरे । उनिहरुले सहि व्यक्तिलाई मत दिएर छनौट गर्न सक्नु पर्ने धारणा राखे ।

केहि अघिसम्म राजनीतिलाई सबै तिर बाट फोहरी खेल भनेर टिप्पनी गरीएको छ । त्यहि राजनीतिमा मतदान गर्नेहरुको निकै ठुलो शौख पाईएको छ । दुई दशक सम्म राजनीतिलाई गाली गरेकाहरु यसपटक उनिहरु प्रतिनै आशा बादि देखिए । त्यही उत्साहले गर्मि वा झरीको प्रवाह नगरी मतदिए ।

‘उहिले र अहिलेको राजनीतिमा धेरै फरक छ’ शिक्षक पेशा बाट निवृत्त बेदप्रसाद पोख्रेलले भन्नुभयो, उहिले जस्तो ‘घर वार्ने, पानी वार्ने, नाता गोताका भन्दा ठुलो राजनीति भन्ने चलन हरायो ।’ पुर्व शिक्षक पोख्रेल बालमन्दिर मतदान केन्द्रको गेट बाहिर बस्नुभएको थियो । जहा तिन वटा टेन्ट टागिएका थिए । पुर्व वाट क्रमस कांग्रेश, माओवादि केन्द्र र एमालेका बसेका देखिन्थे ।

20170628_081654

उहाले सबै भन्दा धेरै व्यक्ति माओवादि केन्द्रको टेन्टमा गएको बताउनुभयो । त्यसकै आधारमा बढिमत आउने भन्न मिल्ने धारणा थियो । त्यसमा पनि झिंगौरा क्षेत्रका व्यक्तिहरु सबै भन्दा धेरै त्यहा पसेको भनाई थियो । पोख्रेलको लागि त्यस भन्दा पनि रोचक एउटै व्यक्ति सबैका टेन्ट मुनि पसेको लागिरहेको थियो । पोख्रेल भने सबैको गतिविधि देखिने गरी उल्टो दिशातिर हुनुहुन्थ्यो । कसैकोमा नदेखिन ईच्छालागेकोलाई मत दिने भनेरै हुन सक्छ केहि अछट्टै थिए ।

यस्तो खुशीको वातावरण सबैतिर उस्तै छ । केहि दिन अघि पवननगर लगाएत पश्चिम दाङका केहि ठाउ घुमेको बताउने डा लोकराज पराजुलीले सौहाद्र्धता सबैतिर उत्तीकै रहेको टिप्पनी गर्नुभयो । उहाका अनुसार एउटै घरका दुईभाई फरक पार्टिको प्रचारमा हिडेका छन् । श्रीमा् श्रीमतिको आफ्नै राजनीतिक दल छ । सकृयताका साथ चुनावी अभियानमा लागेका छन् । त्यसलाई राजनीतिमा वितृष्ण भन्न मिल्दैन । त्यसप्रतिको आकर्षण हुनु उपलब्धी हो ।

झलक्कै अनुहार याद गर्दा नराम्रो उम्मेद्धार कसैलाई भन्न मिल्दैन । तिनका गुण अवगुण सबै मतदाताले केलाउन सक्दैनन् । उनिहरुले गरेका सानातिना कमजोरी भने त्यसैबेला सम्झिन बेर लाउदैनन् । त्यसो हुदा पनि मुखै फोडेर कसैले कसैलाई मत दिन्न भनेन । हुन्छ भनेर खुशि बनायो । सातै छाप एउटैलाइ मत दिएकाले ले पनि एउटा तपाईलाई दिउला भन्न भ्यायो ।

20170628_081126

राजनीतिमा योग्यता नतोक्नाले बिकृती आएको कतिपयको मत छ । सारा जीवन राजनीतिमा विताउनेहरुले औपचारीक शिक्षा लिन पाएका छैनन् । भुमिगत जीवन विताउने, पटक पटक जेल जीवन कटाउनेहरुले विद्यालय शिक्षा पढेनन् । समाजमा रहेर वस्तुस्थिति भने मज्जाले जाने । उनिहरुलाई आयोग्य भनिहाल्न नसकिने कतिपयको मत थियो । त्यो विधि माओवादि लगाएत कम्युनिष्ट नेताहरुमा मेल खान्छ । तिस बर्ष अघि देखि खुला रहेका पार्टिभित्र भने लागुहुदैन । उनिहरु व्यापार, व्यवसायमा व्यस्त हुनाले पढाईमा ध्यान दिदैनन् । धेरै कमाएपछि नाम कमाउन चुनावी मैदानमा आउने समस्या छ । त्यसताले चुनाव जिते राजीनिति फोहर बनाउछन् ।

राजनीति फोहरी छ । यति गन्धा छ भन्ने तर कारण नखोज्दा समस्या रहेको जेष्ठ नागरीक ओमभक्त बुढाथोकिको भनाई छ । व्यवसायी बुढाथोकि पनि कुनै टेन्टमा पसेको देखिएन । एकलै बसेर बरु टेन्टको माहौल नियालीरहनुभएको थियो । ‘ले मान्ड बाट राजनीतिमा कमजोरी भयो’ बुढाथोकिले थप्नुभयो ‘यसलाई सुद्धिकरण गर्नुछ भने पढ्दै नपढेको बाट सम्भव छैन । आज धेरै पठे र कम पढेका भन्ने कुरा आउ“छ । पढेलेखेको मान्छेले मात्रै आफुलाई रुपान्तरण गर्न सक्छ ।’

मान्छेहरु संग कमी कमजोरी हुन्छ । भित्र भएको कुरा बाहिर प्रकट भएको हो । संसारमा जतिपनि काम हुन्छ तिन किसीमको मात्रै । बुढाथोकिका अनुसार बोली, शारीरीक र मानसीक कर्म हुन्छ । सरकार, कानुन एवं आम मान्छेहरुले बोलीको कर्मलाई त्यति महत्व दिदैनन् । सबै भन्दा महत्वपुर्ण काम शारीरिक कर्मलाई मान्छन् । तर, महत्वपुर्ण काम मानसीक हो ।

20170628_070650

जव मनस्थिति सुधार हुन्न बानी व्यवहारमा परिवर्तन आउदैन । पहिला मनमा सोच्नु पर्छ । चित्तमा जाग्छ । त्यसपछि बोलीन्छ । त्यहि किसीमले हाव्भाव गरीन्छ । कडा र नरम शैली अबस्था अनुसार कर्म हुन्छ । टेरेन भने शारीरिक कर्म हुन्छ । यो सबको शुरुवात मन बाट भयो । त्यसकारणले यो कर्म नै सबैभन्दा महत्व पुर्ण कमै हो । चित्तका विकार समाप्त गरेर निर्मुली करण नगर्दा सम्म पुनराबृत्ती हुन्छ । उसलाइ कोरर्रा लगाएर, थुनेर सामाधान हुदैन । उसको मन भित्रको विकार कसरी हटाउने भन्ने सोच्नुपर्छ । सहि र योग्यलाई मत दिएर चेत खुलाउनु पर्ने मतदाताको भनाई छ । उनिहरु भन्छन् समाजप्रति चिन्ता गर्ने, सामाजिक मकाममा लागेको व्यक्तिलाई नेतृत्व दिनुपर्छ । औपचारीक कक्षा नपढेपनि समाज गतिलो गरी अध्यन गरेको हुन्छ ।

अफ्ठेरो मात्रै हेर्नुहुन्न । गाहो भयो यार मात्रै भन्ने होईन । पदिय जिम्मेवारी बोकेको मान्छे पढेको हुनुपर्छ भन्ने सकारात्मक सोच हो । नेपालका मान्छे आजीवन राजनीती गर्छन् । त्यो पनि अब जरुरी छैन । बरु विभिन्न क्षेत्रको अध्ययन अनुभव गरेर विज्ञता हासिल गरेको नेतृत्वको माग छ ।
भोट खसाली सकेपछि पनि माहौल हेर्न धेरै व्यक्तीहरु आसपासमा बसेका देखिन्थे । उनिहरु कसैसंग बोल्न वा कुनै प्रचार प्रसारमा सकृय रहेनन् । तिनले गतिविधिभने निकै मसिनो संग नियाले । कसको साठ गाठमा को जान्छ । कुन दलका नेताका आसपासमा केन्द्रीत हुन्छन् भन्नेमा ध्यान थियो । बालमन्दिर मतदान केन्द्र घोराही १४ को मतदान केन्द्रमा गतिविधि नियाली रहेका व्यक्तिहरुले चुनावमा उम्मेद्धार कसरी छनौट गर्ने भन्ने चिन्ता व्यक्त गरीरहेका थिए ।