गोविन्द खड्का
घोराही, १९ असार । स्थानिय शान्ति समिती दाङको समिक्षा बैठक आईतवार घोराही १८ को झिंटिकोटमा सम्पन्न भएको छ । सरकारले स्थानिय शान्ति समिती भंग गरीसकेकाले ऐतिहासीक बैठक पर्यटकीय स्थलमा भएको हो । सो वैठकले प्राकृतिक सुन्दरताका आधारमा भ्युटावर बनाउने निष्कर्ष निकालेको छ ।

19601597_316251425465171_6889559279505191063_n

बैठकमा उपस्थित पदाधिकारीहरु निकै रोमान्चीत भएका छन् । पटक पटक चर्चा गरेपछि जानुपरेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले जानकारी दिनुभयो । समितिका सदस्य वन्जाडेले पटक पटक दोहोयाएर उक्लीने गरी लोभिएर फर्किएको बताउनुभयो । ‘कसैले ध्यान पुयाउन सकेका रहेनछन चारैतिर हेर्न मिल्ने त्यति सुन्दर ठाउँ सोचेको थिईन ।’ उहाले भन्नुभयो, भ्युटावर बनाउन असाध्यै उपयुक्त देखेको समितिका पदाधिकारीहरुको भनाई छ ।

त्यो ठाउँ घोराही बजारको शहिद गेट बाट करीव सात किलो मिटर मा भेटिएको अध्यक्ष बन्जाडेले जानकारी दिुनभयो । बैशाख जेठमा सिरक ओढेर सुत्ने पर्ने बजार नजिकको यत्तिकै उपयुक्त ठाउँ अन्यत्र नभएको उहाको भनाई छ । ‘भ्युटावर, रिसोर्ट लगाएत अन्य व्यापारीक क्षेत्रको विकास गर्न सकिन्ने व्यवसायीक ठाउँ छ ।’ उहाले थप्नुभयो ‘स्थानिय तहको मतगणण पछि वडा अध्यक्ष र मेयरहरु संग छलफल चलाउने समितिले अनौपचारीक निर्णय गरेको छ ।’ उहाँका अनुसार कार्ययोजना बनाई जति छिटो निर्माणको चरणमा गईन्छ उति उपलब्त्री हुने देखिएको छ ।

पहिलो पटक पुग्नु भएका स्थानिय शान्ति समितिका संयोजक नेत्र प्रकाश पाण्डेयले दाङ उपत्यकाको सबै ठाउँ हेर्न सकिने यत्तिकै उपयुक्त क्षेत्र अन्त नभएको दावि गर्नुभयो । जति चर्चा गरेपनि नपुग्ने झिंग्टिकोटमा साच्चै भ्युटावर आवश्यक रहेको संयोजक पाण्डेयकोे भनाई छ । ‘पहल गरीदिनुप¥यो भनेर प्रतिवेदन सहित अनुरोध गर्ने भएका छौ’ संयोजक पाण्डेयले भन्नुभयो, ‘चिसो हावा चल्ने, सबैतिरको सुन्दरता देखिने, थोरै समयमा पुगिने अत्यन्तै उपयुक्त स्थान रहेछ ।’ समितिका सदस्यहरु बम बहादुर डिसी, अमर वली, सुधा रेग्मी, केशव कुमार शर्मा, नवराज श्रेष्ठ लगाएतका पदाधिकारीको उपस्थिति रहेको थियो । सबैको एउटै मत छ यति सुन्दर ठाउलाई उपयोग गर्न चुक्नु हुन्न । त्यसो गरे विकासमा पछि परीन्छ ।