गोविन्द खड्का
घोराही, १३ दाङ । एउटा सिंगै फ्ल्याटमा सिलाई कटाई छ । घोराही लोहासुरको सरस्वती गार्मेन्ट उद्योगमा स्टोर, नाप जाँच , मेशिन, शोरुम हरेक विभागहरु फरक फरक छन् । भित्र पसेपछि देखिने भव्यताले ठुलो लगानीको छनक दिन्छ ।

दुईजनाको संयक्त लगानीमा थालीएको सन्चालक ईन्द्र बहादुर वलीले जानकारी दिए । साथी धन बहादुर रसाईलि संग पार्टनरीमा पेशा चलेको छ । तिस जनाले कामपाएका छन् । ठुलै हलमा दर्जनौ आधुनिक मेशिन चलेका छन् । डिजाईनरहरु नापो अनुसार र नया स्टाईलका कपडा काट्दै गरेका भेटिन्छन् ।

एकै दिनमा धेरै जोडा कपडा तयार गर्न सक्ने आ“ट लगानी कर्तामा आएपनि व्यवस्था एक्लै भएको होईन । चालिस लाख कृषि विकास कैकले लगानी गरेको वलीले जानकारी दिनुभयो । एक बर्ष अघि देखि दिएको छ । व्याज सस्तो पर्छ । काम गर्न सजिलो बनाएको छ । ‘बैंक प्रति आभारी छौ’ खुशि मुद्रामा भेटिएका वलीले थप्नुभयो, ‘उद्योगमा लगानी त कहिल्यै पुग्दैन ।’

20170619_113207

अहिले समुहगत रुपमा चाहिने टयाक, टाई, वेल्ट, सुट लगाएत ठुलो मात्रामा तयार गरीरहेका छन् । राप्तीका दाङ, रोल्पा पश्चिमतिर नेपालगन्ज धनगडी लगाएतका क्षेत्रमा पठाउने गरेको बताए । लगानी थप गरेर नेपालमै नमुना गार्नेन्ट चलाएर देखाउने लक्ष्य राखेको सुनाए ।

दिदी बहीनीलाई एकतामा उनेर कृषि विकास वैंकको लगानीले उद्योगमा होमेको छ । शहनशिला दिदी वहिनी अल्लो प्रशोधन तथा कपडा बुनाई उद्यम स्थापना गरेर गत चार बर्ष देखि निरन्तर लागेका छन् । प्रभा वलीको नेतृत्वमा स्थापित भएको उद्योगमा अहिले झुमा डाँगीले अध्यक्ष्ताको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यहा वैकले २९ लाख रुपैया लगानी गरेको छ । त्यस बाहेक प्रत्यक शेयर सदस्यले
पाँच लाख जुटाएको पुर्व सचिव सिता मल्लले जानकारी दिनुभयो ।

पहिला काजगजी प्रकृया मिलाउन जति झन्जटिलो भयो अहिले व्याज तिर्दा सजिलो हुदै गएको महशुस हुन्छ । अझै लगानी गरे थप विकास गर्ने थियौ भन्ने उनिहरुमा लागेको बताउछन् । शोरुम छुटै छ । मेशिन एउटा हलमा छ । अर्को हलमा पुरै अल्लो भण्डार गरीएको छ । धुनका लागि छुट्टै व्यवस्था गरेका छन् । खोलामा लगेर पानी प्रदुशन गर्न पर्दैन । पाँच बर्षे ऋण अवधिमा फाईदामा पुग्ने विश्वास व्यक्त गर्छन् । त्यस पछि थप लगानी गरेर अघि बढ्ने बताउछन् । उनिहरु ऋणखान पाएको मा हर्षित देखिन्छन् । सहयोगका रुपमा ग्रहण गरेका छन् ।

20170619_115220

झण्डै विस बर्ष अघि कृषि विकास वैंकको २० हजार लगानी बाट बुढाथोकी पोल्टीफर्म घोराहीको वाहुन डा“डामा शुरु भयो । सन्चालक शशीधर बुढाथोकीका अनुसार अहिले ६ वटा खोर छन् । १२ हजार कुखुरा खोरभरी छर्लक्कै देखिन्छन् । दैनिक आठहजार तिनले अण्डा दिन्छन् । यत्रो सम्पन्नता त्यसै कतै बाट बर्षेको होईन । त्यसो हुनुमा बैकको लगानी ७४ लाख पुगेको छ । उनि २०५३ साल देखि व्यवसायमा लागेका हुन् । त्यसको अनुभवले व्यवसायीक दक्षता दियो । लगानीले श्रोतसाधन जुटायो । अहिले दैनिक ३५ कार्टुन् अण्डा मात्रै उत्पादन हुन्छन् । ‘बैकले लगानी नगरेको भए सम्भवै थिएन ।’ बुढाथोकीले भन्नुभयो,

सामान्यत विस हप्ता पछि लेयर्स कुखुराले अण्डा दिन थाल्छ । बुढाथोकिका अनुसार ९० हप्ता सम्म त्यसले राम्रो संग दिन्छ । त्यसपछि दिन विराएर अण्डा दिन शुरु गर्छ । उत्पादनमा पचास प्रतिशत घटेपछि मासुमा विक्री गर्नुपर्छ । मासु दुई किलो भन्दा बढिको हुदैन । चार जना कर्मचारी राखेर फर्म चलाउनुभएको छ । बाकि घर परिवारले काम भ्याउने हो । दश देखि १५ हजार सम्म त्यसमा खर्च हुन्छ । मासिक सात आठलाख रुपैया वचत हुने गरेको छ ।

20170619_120839(0)सम्पती प्रशस्त हुनेले पनि त्यसरी आ“टेर लगानी गर्न व्यक्तिगत रुपमा डराउछन् । राजनीतिक व्यवस्था संलिन नसक्दा सहयोग, चन्दा, आगजनी, अपहरण जस्ता घटना पुर्ण रुपमा अन्त हुन सकेका छैनन् । त्यसता आपत्तीमा आफ्नो मात्र नगुम्ने भएपछि लगानी खोज्छन् । सजिलो कारोवार र सस्तो व्याज उनिहरुको लक्ष्य हुन्छ । कृषि विकास बैक मार्फत ऋण लिनेहरु त्यसैमा सन्तुष्ट रेहका छन् । उता बैक पनि प्रचारमा आतुर छ । ‘हाम्रा गतिला कामले पनि प्रचार पाउन सकेका छैनन् ।’

भन्नुहुन्छ क्षेत्रीय प्रमुख दिर्घ बहादुर अर्याल, त्यसो भन्दैमा कमजोरी छैनन भन्न मिल्दैन । हरेक वर्ष भाखा नाघेका ऋणीहरुको सार्वजनिक सुचना आईरहन्छ । लगानी गतिलो ठाउ“मा भईन कि ? व्यवसायीको नियत ठिक होईन ? तर पनि ठुला लगानीमा प्राय बैंकहरु नै पछाडि बाट धकेलीरहेका हुन्छन् । समयमै किस्ता तिर्न सके उनिहरु सधै छाया“मा पर्छन् । ऋण तिर्न नसके असुल गर्न धितो लिलामी हुदा मात्रै देखापर्छन् ।