गोविन्द खड्का
घोराही, १९ असार। होटलको हलमा लगेर बुधवार लिटिल एन्जल स्कुल घोराहीका विद्यार्थीलाई अभिवावक सगै बसालियो । विभिन्न क्षेत्रका अनुभविहरु मार्फत प्रबचन सुनाईयो । एउटै कक्षामा बाबुआमा सहित सिके ।
शुरुमा अभिवावकहरु असजिलो महशुस गरेका थिए । पच्छिल्लो ढोका बाट छिरेर विद्यार्थीको पछाडि बसे । कार्यक्रम चल्दै जाँदा उत्तीकै उत्साहित देखिए जति विद्यार्थीहरु हुटिङ गरेर रस लिई रहेका थिए । अभिवावकहरु सबै भन्दा धेरै खुशि विद्यार्थीले देखाएका योग अभ्यास बाट देखिन्थे । संगितको धुनमा छात्र छात्राहरुले मन्चबाट निकै कुशल योग कला प्रदर्शन गरेका थिए ।
उनिहरुलाई असल चरित्र निर्माणका वारेमा ब्रम्ह कुमारी राजयोग सेवा केन्द्र माउन्टआबुका राजयोगी भगवान भाईले लामो प्रबचन दिनुभयो । ‘स्कुल कलेज बढिरेका छन्’ ब्रम्हकुमार भाईले भन्नुभयो, ‘अपराध, हत्या हिंसा, रोग महामारी उत्तीकै बढिरहेका छन् ।’ विकेले पुरै हललाई गम्भिर बनाउनु भयो । उहाले हरेक अभिवावकलाई शिक्षक बन्न आग्रह गर्नुभयो ।
तपाई सुत्दा उठ्दा, नसालु पदार्थ खादा पिउदा बच्चाले सिकीरहेका हुन्छ । विद्यालयले मात्रै परिवर्तन गर्न सकदैन । अक्षर जति पढेपनि चरीत्र निर्माण गर्न सकेन, भने कामै छैन भनेर स्पष्ट पार्नुभयो ।
संधै एउटा कक्षामा थुनिएर रहेका विद्यार्थीहरु सामुहिक बस्न पाउदा त्यसै नौलो महशुस हुन्थ्यो । त्यस संगै फरक फरक विषयका बारेमा उनिहरुलाई प्रवचन सुनाईयो । योग गुरु रविन्द्र बस्नेतले आचार विचारका कुरा सिकाउनु भएको थियो । बाबु आमा र गुरुलाई मान्ने उनिहरुको नजिक पुग्ने, स्पर्ष गर्न खोज्ने अबसर उपयोग गर्नेहरु मात्रै असल व्यक्ति बन्ने बताउनुभयो । शारीरिक र मानसीक स्वाथ्यका लागि योगाअभ्यासको जरुरी रहेको बताउदै बस्नेतले शान्त, शालिन, सभ्य र जीवन प्रति आशा गर्न सक्ने योग्य नागरीक बन्ने आचरणका वारेमा व्यख्या गर्नुभयो ।
यसैगरी पतन्जली योग अन्चल समितिका सल्लाहकार डा लोकराज पराजुलीले परिक्षामा भुलेका कुरा सम्झिने तरीका, असाध्यै तिर्खाउदा शरीरलाई सन्तुलित गराउने विधि, उचाई बढाउने तरीका लागाएत प्रयोगात्मक तरीकाले अभिवावक र विद्यार्थीलाई एउटै ताल र लयमा सिकाउनु भएको थियो । उनिहरुलाई महिनावारी स्वच्छता, सरसफाई, डस्टिविनको प्रयोग लगाएत व्यक्तिगत तथा वातावरणीय सरसफाईका विषयमा पनि जानकारी गराईएको थियो । नया युगवोध राष्टिय दैनिकका सह सम्पादक नरेन्द्र केसिले पत्रकारीता लगाएत सहि मानव जीवनका वारेमा व्यख्या गर्नुभएको थियो । रझेना स्रोतकेन्द्रका श्रोतव्यक्ति रामप्रसाद जैसीले राज्यले आशा गरेको शैक्षिक कार्यक्रम भएको टिप्पनी गर्नुभयो । उहाले कोठे भन्दा यस्तै व्यवहारीक शिक्षा जरुरी रहेको बताउनुभयो ।
तेश्रो विश्व योग दिवसका अबसरमा विद्यालयले घोराहीमा ‘स्टुडेन्ट मोटिभेसन अन भ्यालु एजुकेशन’ कार्याक्रम चलाएको हो । विद्यालय सन्चालक समितिका अध्यक्ष पुर्ण चन्द्र गिरीको अध्यक्षता एवं नागरीक समाज दाङका सचिव चन्द्रराज पन्तको प्रमुख आतिथ्यमा भएको कार्यकक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन लगाएतले सुभकामनका मन्तव्य दिनुभएको थियो । विद्यालयका भाईस प्रिन्सीपल विमल रोकाले स्वागत गर्नुभएको कार्यक्रम सन्चालन प्रिन्सीपल यादव गिरीले गर्नुभएको थियो ।





