इन्द्रेणी संवाददाता
दाङ, ११ असार । दाङ जिल्ला उद्योग वाणिज्य संघको साधारण सभा एवं अधिवेशन आउँदो साउन २८ गते हुने भएको छ ।

DCCIशुक्रवार संघका अध्यक्ष हेमराज वञ्जाडेको अध्यक्षतामा सम्पन्न वैठकले संघको १३ औं सधारणसभा एवं अधिवेशण २०७४ श्रावण २८ गते घोराहीमा गर्ने निर्णय गरेको हो ।

आउदो अधिवेशणले संघको ३ वर्षे कार्यकालको लागि नया कार्यसमिति चयन गर्ने छ । स्थानीय तहको चुनाव पटक पटक सारिएकाले संघको साधारण सभा तथा अधिवेशण केहि समय धकेलिएको संघका महासचि दिपक सुवेदीले जानकारी दिएका छन् ।