हापुरे, ११ असार । नेकपा एमाले बबई गाउँपालिकाले आज आइतबार अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । आज रातीदेखि मौन अवधि सुरु हुने भएपछि नेकपा एमाले बबई गाउँपालिकाले अन्तिम चुनावी सभा सम्पन्न गरेको हो ।
सभालाई सम्बोधन गर्दै सांसद शारदा स्वर्णकारले स्थानीय तहको विकासका लागि सक्षम र योग्य उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । योग्य र सक्षम उम्मेदवारले अगाडी सारेको भन्दै सांसद स्वर्णकारले सोच विचार गरेर मत हाल्न आग्रह गरिन ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ तथा केन्द्रीय बाताबरण विभाग सदस्य सदस्य भारती पाठकले सामाजिक क्षेत्र मार्फत् समाजको नेतृत्व गरेका ब्यक्तिहरुलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य उत्तरकुमार वली, प्रेमबहादुर थापा, अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर पौडेल, उपाध्यक्षका उम्मेदवार सावित्रा विश्वकर्माले आफना विचार राखेका थिए ।