दाङ , १० असार । घोराही उपमहानगरपालिका १३ सेवार वनगाउँमा प्रियजनको सम्झनामा वृक्षारोपण कार्य शुरु गरिएको छ । वृक्षारोपणका लागि बराहक्षेत्र उच्च माविले जग्गा उपल्बध गराएको छ । उमहानगरपालिका लाई वातावरणमैत्री बनाउन वृक्षारोपण शुरु गरिएको उपमहागरपालिकाका सामाजिक विकास अधिकृत सुबोध रेग्मीले जानकारी दिए ।
‘ उपमहागरपालिकालाई वातावरणमैत्री बनाउन वृक्षारोपण शुरु गरेका हौं । ’ उनले भने ‘ विरुवा रोप्ने काम त यसअघि पनि हुँदै आएको हो । तर यसपटक अलिक नयाँ तरिकाले प्रियजनको सम्झनामा वा उपहारस्वरुप वृक्षारोपण कार्य शुरु गरिएको हो ।’ स्मृतिबाटीका परियोजना भनेर शुरु गरिएको वृक्षारोपण कार्यअन्तर्गत हालसम्म आँप , लिच्ची , अनार , अम्बा , लगायतका फलफूलका बिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ ।
जो कोहीले पनि रोप्न पाउने
प्रियजनका सम्झनामा वा उनिहरुलाई उपहारस्वरुप जो कोहीले पनि उक्त स्थानमा बिरुवा रोप्न पाउने उपमहानगरपालिकाले जनाएको छ । रोपीएको बिरुवाको संरक्षणको जिम्मा एकजना मालीले लिने र संरक्षण गरेबापत प्रति बिरुवा एक हजार रुपैया शुरुमै उपलब्ध गराउनुपर्ने उपमहानगरपालिकाका सुचना अधिकारी प्रेम केसीले जानकारी दिए ।‘ अन्य जो कोही व्यक्तिले पनि बिरmवा रोप्न पाँउछन । तर त्यसको संरक्षण बापत मालीलाई शुरुमै रुख रोप्दा हजार रुपैया दिनुपर्नेछ । ’ सुचना अधिकारी केसीले भने ‘ एकातर्फ यसले वातावरण संरक्षणमा योगदान पुर्याउनेछ भने अर्कोतर्फ बिरुवा रोप्नेहरुले दिर्घकाल सम्म आफनो स्नेह र सम्झनालाई जिवित राख्न पाउनेछन । ’ बिरुवा संरक्षणका जिम्मा जग्गा उपल्बध गराएको बराह क्षेत्र उमावीले लिएको छ ।
३ दर्जन बढी बिरुवा रोपियो
वृक्षारोपणको शूरुवाती चरणमा हाल सम्म तीन दर्जन बढी बिरुवाहरु रोपिएको छ । उपमहानगरालिकाका विभिन्न व्यक्तिले दिँवगत भएका आफन्तको सम्झनामा तथा अन्यले आफना प्रियजनको सम्झनामा बिरुवा रोपेका हुन । आफुले राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाह , योगी नरहरिनाथ , भानुभक्त आचार्य , तथा आफना स्वर्गीय बुवा आमाको सम्झनामा ५ ओटा बिरुवा रोपेको उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख रेग्मीले जानकारी दिए । त्यस्तै उपमहानगरपालिका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा अन्य कर्मचारीहरु , विद्यालयका शिक्षक तथा विद्यार्थीले पनि दिवंगत भएका आफन्त सम्झना तथा अन्यले प्रियजनलाई उपहारस्वरुप बिरुवा रोपेका छन ।
