दाङ १० असार । पश्चिम दाङ को हेकुलीमै एमालेको चुनावी सभा सम्पन्नभएको छ । एमालेका जिल्ला सदस्य एमएन शाहको अध्यक्षता तथा एमालेका स्थाइ कमिटि सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यमा भएको सभालाई सम्वोधन गदैपु र्व सुचनातथा सञ्चार मन्त्रिसमेत रहेका पोख्रेलले आफ्नो सरकारले गरेको कामको श्रेय अन्य पार्टीले लिने प्रयास गरेको आरोप लगाउनु भएको थियो ।
कार्यक्रममा वक्ताले माओवादी अतिवादी र नोपली कांग्रेस सामान्तवदी भएको आरोप लगाएका थिए । माओवादीले युद्धकालमा जनतालाई दुःखदिएको र नेपाली कांग्रेसको पुरातन सोचका कारण देशमा विकास नगरेको वताएका थिए ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य शान्ता चौधरी,जिल्ला सदस्य विष्णु नेपाली, गाउँ पालिकाका अध्यक्षका उमेदावर भागिराम चौधरी, उपाध्यक्षका उमेलवार सिमा न्यौपाने, सवै वडा अध्यक्ष धमकली चौधरी लगाएतले वोल्नु भएको थियो । कार्यक्रमको सजिहरण पार्टीका दंगिशरण संयोजक उत्तरकुमार वलीले गर्नुभएको थियो ।