देविराम कुसारी
हेकुली, असार १० । दोश्रो चरणको स्थानियतहको निर्वाचन नजिकीदै गर्दा राजनीतिक दलहरुले चुनावीपचार प्रसारलाई तिव्र वनाएका छन् । कतै घर दैलो कार्यक्रम भैरहेको छ भने कतै चुनावी सभाहरु भैरहेका छन् । प्रचार प्रसारकै क्रममा पश्चिम दाङमा आज शनिवार काग्रेस र एमालेका वृहत चुनावी सभा सम्पन्न भएका छन् ।

19429805_10203280208562525_2600473025161621908_n

नेपाली काग्रेस दंशिरणको आयोजनामा हेकुलीमा वृहतचुनावी सभा सम्पन्नभएको छ । गाउँ पालिकाका पार्टी संयोजक शोभाखर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हजरौ काग्रेस समर्थीतहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्वोधनगर्दै पुर्व सिचाइ मन्त्रि तथा नेपाली कांग्रसका केनद्रीय सदस्य दिपक गिरीले दाङमा नेपाली कांग्रेसको विजय सुनिश्चित भएको दावीगर्नु भएको छ । विभिन्न सभामा काग्रस कार्यकर्ताको मास र पार्टी प्रवेस गर्नेहरुको लहरले अन्य पार्टी विचलीत भएको समेत नेता गिरीले वताउनु भयो । नेपाली काग्रेसलाई दुवाको संज्ञा दिदै गिरीले काग्रेस खडेरीमा समेत सुसुप्त भएर वाच्न सक्ने हैसिएको भएको वताउनु भयो । उहाँले कांग्रेसलाई फुटाउन खोज्नलाई पनिआफुले गतिलो झापट दिन सफल भएको वताउदै चुनावन जिकिदै गर्दा अन्य पार्टी मनमुटु काप्दै गैरहेको वताउनु भयो ।

कार्यक्रममा केन्द्रिय सदस्य एंव जिल्ला प्रतिनिधि सुरेन्द्र पाण्डे, जिल्ला सभापति कृतीबहादुर खड्का, महासमिति सदस्य केशब आचार्य, वर्प जिल्ला सभापति भरत केसी, जिल्ला सचिव शंकर डागी, पुर्व महाधिवेसन प्रतिनिधि घनश्याम सर्पाली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, राप्तीअञ्चल सार्वजनिक वसव्यवसायी समितिका अध्यक्ष शुरेस हमाल, गाउँपालिकाका अध्यक्षका उमेदवार यज्ञनारायण आचार्य, उपाध्यक्षका उमेदवार पिमा खड्का, सवै वडा अध्यक्षका उमेदवार लगाएतले वोल्नुभएको थियो ।