दाङ, १० असार । नेपाल पत्रकार महासंघ दाङको नियमित बैठक शनिवार सम्पन्न भएको छ । बैठकले यही असार १४ गते हुने स्थानीय तह निर्वाचनको रिपोटिङका लागि जिल्लाका सञ्चारकर्मीका लागि सवारीपास उपल्बध गराउनेलगायतका विभिन्न निर्णय गरेको छ । बैठकले सवारी पासका लागि नेपाल सरकार, प्रेस काउन्सिल नेपालले जारी गरेको आचारसंहिता बमोजिम महासंघले आवश्यक सहजिकरण गर्ने निर्णय गरिएको छ ।
त्यस्तै जिल्लामा कार्यरत सञ्चारकर्मीको स्थानीय सञ्चारगृह, र कार्यालय नभएको हकमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा दाङले उपरोक्तअनुसार कागजातको आधारमा सिफारिश गर्ने निर्णय गरेको छ ।
आवश्यक कागजात असार ११ गते बेलुका ५ बजेसम्म महासंघको कार्यालयमा उपल्बध गराईदिन आग्रह गरेको छ । त्यसैगरी निर्वाचनको रिपोटिङलाई मध्यनजर गर्दे आफनो सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्र्मीका लागि सवारी पास सम्बन्धि सिफारिश गर्दा पत्रकार आचारसंहिताको मर्म बमोजिम सक्रिय सञ्चारकर्मीलाई मात्र सिफारिश गर्न महासंघ जिल्लाका सम्पुर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
महासंघ केन्द्रिय समितिको निर्णयअनुसार महासंघको केन्द्र ,प्रदेश तथा जिल्ला कार्यसमितिमा रहेका पदाधिकारी , सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार भएमा महासंघको विधान बमोजिम राजिनामा दिने आग्रह गरिएबमोजिम दाङ शाखाका कार्यसमिति सदस्य सुबास डिसीले राजिनामा पेश गरेकाले उनको राजिनामा स्विकृत गरिएको छ ।
साथै निर्वाचनमाा उम्मेदवार भएका महासंघमा आबद्ध केन्द्रिय तथा प्रदेश सभासद एवं साधारणसदस्यहका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नैतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयँ घोषणा गर्न र गरेको भए महासंघलाई लिखित रुपमा जानकारी गराईदिन पनि आग्रह महासंघले गरेको छ । बैठक महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा वसको थियो ।
