हापुरे, १० असार । नेकपा एमालेकी केन्द्रीय सदस्य सुजिता शाक्यले असार १४ गते हुने निर्वाचनमा मत दिदा सचेत हुन आग्रह गर्नुभएको छ । शनिबार नेकपा एमाले शान्तिनगर गाउँपालिकाले खैरेनीमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचेत भएर मत दिन आग्रह गर्नुभएको हो ।

जनताका प्रतिनीधिहरुले काम गर्न नपाएको भन्दै शाक्यले सबै मतदातालाई जनताको पक्षमा काम गर्ने नेतृत्वलाई छनौट गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा सांसद शारदाकुमारी स्वर्णकारले सामाजिक काम धेरै एमालेले गरेको भन्दै सबैलाई मत हाल्दा अलि विचार गर्न आग्रह गर्नुभएको थियो ।

खैरेनीमा भएको सभालाई जिल्ला सदस्य धमकली चौधरी, डम्बर वली, अध्यक्ष पदका प्रत्यसी विष्णुदेव केसीले बोल्नुभएको थियो । सभामा उल्लेख्य सर्वसाधरणको सहभागीता रहेको थियो ।

यस्तै बबई गाउँपालिका—६ र ७ को चुनावी सभा चरकमटियामा सम्पन्न भएको छ । सभामा जिल्ला सदस्य, सल्लाहकार, उम्मेदवारहरुको सहभागीता रहेको थियो । यस्तै नेकपा एमाले बबई गाउँपालिकाले भोली हापुरेमा चुनावी सभा गर्ने जनाएको छ । यस्तै कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर पौडेल, सावित्रा विक, तिलक केसीले बोल्नुभएको थियो ।