राजेन्द्र न्यौपाने
गोरखा, १० असार । मानो रोपेर मुरि उब्जाउने समय आइसक्दापनि वर्षात नहुँदागोरखाकाकिसानहरु मर्कामा परेका छन् । समयमा वर्षात नहुँदा चैत महिनामालगाएको धानमावालालाग्न सकेको छैन भने मकै बोटमा नै सुकेको गोरखानगरपालिका वडा नंं. १२ काकिसानधनबहादुर कुमालले बताए ।

गर्मी हावापानीभएकोले पछौटे खेतीलगाएकायहाँकाकिसानकाबारीमायतिबेलाधान र मकै सुकेर फलनदिने अवस्थामापुगेको छ । वर्ष भरी खाने खेतीमाफलनलागेपछि किसानहरु थपचिन्तितभएका छन् ।

जिल्लाकै अन्न भण्डारको केन्द्र मानिने गोरखाको दरौंदी फाँटमा नजिकैबाट दरौंदीनदि बगेपनि सिञ्चाई सुविधाननहुँदाकिसानहरु वर्षात पानी कै भरमा खेतीगर्दै आएका छन् ।

भूकम्प पीडितका नाममावितरण गरिएकाविउप्रयोग गर्दा कतिपय सिञ्चाई सेवाभएका स्थानकाबालीहरुमाफललाग्ननसकेको जिल्लापशु सेवाकार्यालय गोरखाकावरिष्ठ कृषिविकास अधिकृत यमकुमार श्रेष्ठले बताए ।

खेतीबालीको विमाकाकार्यक्रमहरु जिल्लामाभएपनिकिसानहरुको पहुँच सम्मअझै पुग्न सकेको छैन । प्रिमियर रकमतिर्नकै लागि समस्या पर्ने भएपछि किसानहरु आफ्नाबालीनालीविमागर्न चासो लिने गरेका छैनन् ।

जीविको पार्जनकाकार्यक्रमहरु लागू भएकाकतिपयगाउँपालिकाका वडाहरुमा भने गैर सहकारी संस्थाको अगुवाईमापशु विमाकार्यक्रम सक्रियभएको बताइएको छ ।

नेपाल रेडक्रस सोसाईटी गोरखाशाखाले जिल्लाका साविक ९ वटा गाविसमापशु विमाकार्यक्रमगरिरहेको शाखाकाउप सभापतिएवं विमाकम्पनीकाएजेन्ट शंकर बहादुर कुँवरले बताए ।