गोविन्द खड्का
घोराही, १ असार । बढेमा डेबिट घटेमा क्रेडिट हुन्छ भन्ने हेकुलीका विमला गिरीलाई सहकारीमा काम थालेको धेरै पछि थाह भयो । महिला तथा वालवालिका कार्यालयले लेखापालन तालिम दिएपछि भर्खर बाट जान्नुभएको छ । धेरैलाई व्याज बाड्न आउदैन्थ्यो । कसरी कुन खातामा चढाउने मेसो थिएन ।

20170608_120859

खाता विवरण नजानेरै धरै बर्ष काम चलाएको मसिनाका बसन्ता अर्यालले सुनाउनुभयो । सहकारीमा हिसाव त हुन्छ । उहाका अनुसार गोश्वरा भौचर, खर्च भएर जाने र नजाने, जिन्सी खाता, बैंक नगदि किताव केहि पनि थाह थिएन । झंजट धेरै, समय बरबाद र परिश्रम उत्तीकै खेर, हिसाव भद्रगोल हुन्थ्यो । चाहेको बेला खोजेरै नभेटिने र सेवाग्राहीको समय पनि खेर जाने समस्या थियो । तालिम पछि छिटो छरितो काम हुने सेवाग्राहीलाई पनि सन्तोष बनाउन सकिने आट बढेको छ ।

नियमित, क्रमबद्ध र व्यवस्थित रुपमा राख्ने अभिलेखलाई लेखा भन्छन् भन्ने कुरा सातदिने लेखापालन तालिम पछि मात्रै धेरैले थाह पाए । ऋण लगानी गर्दा एकजना घरको साक्षि राख्नुपर्छ भन्ने जानेका थिएनन् । त्यसो गर्दा व्यक्ति बाट बदमासी हुदैन र परिवारले दायित्व बहन गर्छ । आफु खुशि ऋण निकालेपछि भाग्ने खतरा रहन्छ । त्यसले सहकारी संस्था डुबाउछ । सहकारीका पैसा ठग्दै परिवारै उठेर अर्को ठाउ सर्दै गरेका घटना प्रशस्तै भेटिन्छन् । त्यसो हुनुमा व्यवस्थापकहरुको अज्ञानता केहि कारण रहेछ भन्ने कुरा महिलाहरुले सिकेका छन् ।

संस्थाका चार खारखाता लगाए पनि थाह थिएन । सम्पती, आमदानी, दायित्व खर्च जस्ता चार खाता समेत नबनाएर सहकारीहरु चलिरहेको व्यवस्थापकको भनाई बाट खुल्छ । उनिहरु भन्दै थिए सामान खरीद गर्दा भौचर उठाउनुपर्छ भन्ने थाहै छैन । महिला सहकारीले धेरै सामान खरीद गरेका छन् । आफ्नै भवनहरु बनाएका छन् । कृषि जन्य उत्पादन गरेका छन् । त्यसलाई बेचेर संस्थाको आम्दानी बढाएका छन् । उनिहरुलाई खरीद आदेश माग फारम लगाएत थाहै छैन । बाघमारेका शुसिला वलीको भनाई छ सहकारी जन्माउने काम भयो स्याहार हुन सकेन । आवश्यक तालिम दिएर सहि ढंगले चलाउने वातावरण बनाउन महिला तथा वालवाकिला कार्यालयलाई आग्रह गरे ।

छोटै भएपनि जिवन उपयोगी तालिम लिएको खुशि व्यक्त गरे । सहकारी डिभिजन कार्यालय प्रमुख विनोद पौडेलले सहकारी व्यवस्थित बनाउन निकै मेहनतका साथ तालिम दिनुभएको बतकाए । पुरै ध्यान केन्द्रित गरेर, भुईमा पलेटि मारेर बसेका प्रशिक्षक सामु आफु पनि घस्रीदै सरेर तालिम दिनुभयो । हाकिमले त्यसरी मेहनत गरेको महिलाहरुलाई पहिलो पटक अनुभुति भएको छ । ठालु बनेर गजक्क कुर्सिमा बस्ने, आदेश निर्देशन दिने रुपमा हाकिमहरुलाई बुझ्ने चलनै बसेको छ ।

पौडेलले त्यसलाई भत्काउनु भयो । कार्यालयका लेखापाल बुद्धि भुषाल लगाएतले सरकारी खाताका बारेमा पनि जानकारी गराउनु भयो । यसले महिलाको क्षमतामा धेरै विकास गराएको छ । थप विकासका लागि नियमितता दिन आग्रह गरेका छन् । तालिम पछि लिईएको परिक्षामा धेरै उपलब्धी देखिएको महिला विकास निरीक्षक उमा सुवेदिले प्रतिकृया दिनुभयो । सो तालिम घोराहीमा सात दिन सम्म चलेको थियो ।