दाङ,१ असार । दिगो विकास लक्ष्य प्राप्तीका लागि दाङका युवाहरुले योजना बनाएका छन् । सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यहरु प्राप्त गर्नको लागि दाङका युवाहरुले कार्ययोजना बनाएका छन । तीन दिन देखि घोराहीमा आयोजना गरीएको दिगो विकास लक्ष्य सम्बन्धी युवाहरुको क्षमता विकास तालिममा सहभागि भएका युवाहरुले कार्ययोजना बनाएका छन ।
स्थानिय स्तरमा सञ्चालन गर्न सकिने अभियान, कार्यक्रम तथा विभिन्न क्रियाकलापहरुको बारेमा उनिहरुले योजना बनाएका हुन् । दिगो विकास लक्ष्यको पाँच वटा सामाजिक लक्ष्यहरु स्वास्थ्य तथा समृद्ध जीवन, गुणस्तरिय शिक्षा, लैंगिक समानता, मर्यादित काम तथा आर्थिक बृद्धि र शान्ति न्याय र सक्षम निकाय संग सम्बन्धीत उनिहरुले उदेश्य प्राप्त गर्नका लागि आफ्नो टोल, गाउँ तथा छरछिमेकमा आयोजना गर्न सकिने कामहरुको बारेमा उनिहरुले योजना बनाएका छन् । एक वर्ष भित्र सञ्चालन गर्न सक्ने गरी उनिहरुले योजना बनाएका हुन् ।
जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला युवा सञ्जाल दाङको आयोजना र यूएनएफपीएको आर्थिक सहयोग र रेस्टलेस डेभलपमेन्टको प्राविधिक सहयोगमा आयोजना गरीएको कार्यक्रममा घोराही, देउखुरी र तुलसीपुर क्षेत्रका २८ जना युवाहरुको सहभागिता रहेको थियो । तालिमको सहजकर्ताहरुमा नवीन अभिलाषी, सुरेश रावत, ईन्द्र खड्का र अनु मल्ल रहनु भएको थियो ।
साथै तालिम समापन कार्यक्रममा तालिमका सहभागिहरुले विभिन्न प्रतिबद्धता समेत ब्यक्त गरेका छन । खाना नफाल्ने, कुनै पनि किसिमको विभेदहरु नगर्ने, मर्यादित काम प्रति लगाव राख्ने लगाएत लगाएतका प्रतिबता जनाएका छन् । समापन कार्यक्रममा रेष्टलेस डेभलपमेन्टका कार्यक्रम अधिकृत विजय कार्की, युएनएफपीएका पुर्ण विश्वकर्मा लगाएतले बोल्नु भएको थियो ।
