गोविन्द खड्का
घोराही, ३१ जेठ । घर जस्तै नभएपनि सके सम्म सफा राख्ने प्रयास गरेको घोराही क्षेत्रका विद्यालयहरुले जानकारी गराएका छन् । विद्यालयका प्रअ तथा शिक्षकहरुले व्यवस्थित बनाउन निरन्तर प्रयास गरेको बताए ।

20170613_161115

पुर्ण सरसफाइ सम्वन्धि कार्यक्रममा मंगलवार घोराहीमा सहभागि वालकल्याण आधारभुत विद्यालय खैराका प्रअ पद्यम प्रसाद शर्माले बिद्यार्थीका सबै अफ्ठेरा हटाउन लागेको बताउनभयो । सोहि विद्यालयका शिक्षक विमला खनालले लागे पुगे सम्म उपाए गरेको जानकारी दिनुभयो । उहाले साना बालवालिकाले शौचालय बाहिरै बाट पिसाव गर्ने, कागज तथा अन्य फोहर जथाभावि खसाल्ने जति भने पनि मान्दै नमान्ने समस्या रहेको जानकारी दिनुभयो ।

यसैगरी मावि रझेनाका प्रअ उद्धव न्यौपानेले शौचालय बाट फर्केर बच्चाले हातधुने वानी बसोलेको खुशिको खबर सुनाउनुभयोे । उहाले मासिक ६ हजार खाने स्विपर राखेर, विद्यार्थीलाई आलो पालो लगाएर अनेकौ उपाए बाट सरसफाई गर्न सकिएको बताउनुभयो ।

पहिला नमुना भएको मावि ढिकपुर अहिले असाध्यै राम्रो भन्न नमिल्नेमा झरेको प्रअ पद्यम प्रसाद अधिकारीको भनाई थियो । उहाका अनुसार रेडक्रस सर्कल गठन गरेर, विद्यार्थीलाई पालोमा सफा गर्न लगाएर सुधार भएको छ ।

साथि शिक्षक, रेक्रस सर्कल, वालकलव लगाएतका संरचना बनाई सरसफाइ अभियान थालिएको जनता संस्कृति मावि विजौरीका प्रअ पदमबहादुर रावतको भनाई थियो । शौचालय पछाडिको खाल्टोमा प्रयोग भएको प्याड फाल्न र शौचालय गएपछि हात धुन सिकेका छन् ।

यसैगरी ठाउ“ ठाउ“मा ड्रम राखेर फोहर खस्न नदिने व्यवस्था मिलाएको मावि रतनपुरले जानकारी दिएको छ । बजेट अभावले शौचालय मरमत हुन नसक्दा समस्या सिर्जना भएको विद्यालयका प्रअको भनाई थियो । पानी अभाव भएपनि कक्षा कोठामै बालटीन, गाग्री जग राखेर खाने व्यवस्था गरिएको छ । समग्रमा सन्तोष मान्नुपर्छ । उत्कृष्ठ बनाउन प्रयास गरीरहेको बताएको छ ।

टंकि बेशिन सबै व्यवस्था गरेपनि विद्यार्थीले बचाउन नसकेको मावि निघुवारले जानकारी दिएको छ । विद्यालयका अनुसार प्रत्यक कक्षामा जार बाट पानी खाने व्यवस्था गरिएको छ । रेडक्रस मार्फत सेनेटरी प्याडको सुविधा दिएको छ । रेडक्रसले दिएको अनुदान सकिएपछि विद्यार्थी बाट उठाएर दिने व्यवस्था मिलाएको छ । हरेक कक्षामा डस्टिविन छ । बैज्ञानिक प्याड विसर्जन छैन । त्यसैले पुर्ण सफा भन्न सकिन्न ।

विकटमा भएपनि मावि भेडावारी मुलावारीले छात्रा छात्र शौचालय अलगै बनाएको जनाएको छ । विद्यालयका प्रअ खगराज लम्सालले प्रयोग भएको प्याड र अन्य कागजात ड्रममा हालेर नष्ट व्यवस्था रहेको सुनाउनुभयोे । उहाका कअनुसार विद्यार्थीले गएल शुल्क बाटै पानी खाने जग र फिल्टर व्यवस्था गरेका छन् । ‘सके सम्म चुस्त दुरुस्त राख्न खोजेका छौ’ प्रअ लम्सालले भन्नुभयो, ‘वाल कलव रेडक्रस सर्कल लगाएतले सहयोग गरेका छन् ।’ उहाका अनुसार बाटोका किनारामा विद्यालय छ । नजिकमा बजार छ । तारवार नगरीएकाले फोहर विद्यालय क्षेत्रमा फाल्छन् । सरसफाई अभियान्ताको सहयोगमा बाहिरको फोहर आउन नदिए विद्यालय सफा हुनछ ।

निमाविको संरचनाले मावि चलाउन खोज्दा समस्या आएको मावि झिंनी बन्जारिले जनाएको छ । विद्यालकया अनुसार सात बर्ष अघि माविमा स्तरउन्नती गरेपनि संरचना निमाविकै छन् । त्यसैले विद्यलयमा शौचालय सुविधा दिन सकिएको छैन छ । हरेक साझा फिनेल हालेर शौचालय सफा गर्दा पनि गन्हाउछ । करीव ६ सय बढि विद्यार्थी रहको विद्यालयमा सजिलो छैन । बाल्टीन बाट बोकेको पानी फारुतीनो गर्दा शौचालय चाडै गन्हाउने गर्छ । अझै हारगुहार गरेर सुधारका योजना ल्याउने विद्यालयले जानकारी दिएको छ । राप्तीमा कतै नभएको फिल्टर आफुले राखेको प्रअको दावि गर्नुभयो । कक्षा चार देखि माथिका विद्यार्थी बाट वातावरण सफाई हुन्छ ।

विद्यार्थी संख्याको आधारमा संरचना अपुग रहेको सिद्धरत्ननाथ मावि चौघेराले बताएको छ । प्रअ सेमलाल मल्लाका अनुसार ट्यांकर बाट पानी बोकाएर भएपनि सफा राख्ने प्रयास गरिएको छ । बालकलव, स्काउट, रेडक्रस गठनगरी सफाईमा ध्यान दिएको छ । सबै कक्षामा डस्टिविन र डम्पिङ गर्ने उपयुक्त खाल्टो बनाएको छ । तर पनि शौचालय परै सम्म गन्हाउछ । ‘राम्रो व्यवस्थापन छैन’– प्रअ मल्लले भन्नुभयो, ‘पानी नपुग्या हुनाले असाध्यै अफ्ठेरो छ ।’ उहाका अनुसार मनिटर मार्फत विद्यार्थीलाई बाहिर जाने अनुमति हुन्छ । धारामा झुम्मिनु पर्दैन । प्युने जग सहितको बाल्टीनमा पानी बेन्चेमै राख्ने व्यवस्था गरीएको छ । अभिवावकको असहयोगका कारण जंक फुड मुक्त विद्यालय बन्न सकेन । घर बाटै चाउचाउ लिएर विद्यार्थी आउछ ।

यस्तै गरी मावि हापुर विजौरीमा पनि शान्त्ी कलव, वाल कलव, स्काउट, रेडक्रस र सरसफाई समिति जस्ता संरचना विद्यार्थीहरुमा निर्माण गरीएको छ । हरेक सुक्रवार सरसफाइ अभियान चल्छ । फोहर खाडलमा गाड्ने, आगोमा जलाउने व्यवस्था छ । विद्यालयको भनाई छ मध्यम खालको सरसफाइ मान्नुपर्छ । विद्यालयका अनुसार कार्यालय सहयोगीले प्रयोग भएका प्याड व्यवस्था गर्नुहुन्छ । उचित विसर्जनको तरीका नभएकाले सफा भन्न सकिन्न ।

यसैगरी जयशेर मावि रावत गाउले पनि सरसफाइमा कोशिस गरीरहेको जनाएको छ । विजुली नहुदाका दिन पानीको समस्या हुन्छ । अरुवेला कुवाको पानी प्रशस्तै हुन्छ । पर्खाल भित्र रहेको विद्यालय सुरक्षित छ । नत्र जुनियर रेडक्रस, वालकलव लगाएतले सरसफाइ गर्छन् । वालविकास माध्यामिक विद्यालयले पनि धाराको पानी प्रशस्त खुवाउने व्यवस्था गरेको जनाएको छ । स्वीपर राखेर साझ विहान शौचालय तथा विद्यालय क्षेत्र सफागर्ने व्यवस्था छ । चौरको ठाउ ठाउमा सिमेन्टका फोहर संकलन गर्ने रिङ छन् । फुलवारी वनाउने अभ्यास गरीएको छ ।

सहभागिलाई विद्यालय सरसफाई गर्ने मापक थ्रि स्टारका वारेमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख एवं जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्योपानेले जानकारी गराउनुभएको थियो । कार्यालयका निमित्त प्रमुख ईन्जिनियर न्यौपानेले नमुना विद्यालयका तस्विरहरु देखाएर प्रशिक्षण दिनुभएको थियो । खुला दिसामुक्तको अभियानमा नमुना बनेका विद्यालयले ईज्जत जोगाई राख्न आग्रह गनुृभयो । उहाले त्यस बाट पनि खस्कीने हो भने लाजमर्दो हुने उहाको भनाई थियो ।

‘कक्षा कोठा भन्दा धेरै शौचालय माग्न तिर नलाग्नुस्’ न्यौपानेले भन्नुभयो, ‘ शिक्षा, रेडक्रस, युनिसेफ यस्तै विभिन्न नामधारी शौचलय मात्रै नबनाउनुस । थोरै राख्नुस तर नियमीत सफा र व्यवस्थित बनाउनुस् ।’ पहिले सफा रहेका केहि विद्यालय अहिले थप फोहर भएको सन्दा आफुलाई नरमाईलो लागको न्यौपानेको भनाई थियो । सहभागिलाई कार्यालयका सव ईन्जिनियर देवका गौतम र प्राविधिक तिल बहादुर केसिले कपडाका प्याड बनाउने तरीका सिकाउनु भएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले प्रअ तथा शिक्षकहरुका लागि दिएको एक दिने पुर्ण सरसफाइ सम्वन्धिमा कार्यक्रममा व्यवहारीक रुपमै प्याड बनाउन सिक्न पाएकोमा सहभागीे खुशि व्यक्त गरेका थिए ।

प्याड नपाई कोहि नफर्कीउन् –जिशिअ

जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले प्याड नपाएर कोहि पनि छात्रा विद्यालय बाट नफर्किउन भनि प्रअहरुलाई निर्देशन दिनुभएको छ । तालिम समापनमा प्रमुख अतिथि जिशिअ मैनालीले छात्राहरुलाई आफ्नै छोरी सम्झिएर व्यवहार गर्न शिक्षकहरुलाई सुझाव दिनुभयो ।
छोटै समयमा कार्यालय परिसर उदाहरणीय सफा बनाउनु भएका मैनालीले अगुवाले गरेमात्रै सुध्रिने बताउनु भयो । आफुले मानिङ वाक पछी कार्यालय परिसरका फोहर टिपेर सुधारेको मैनालीले उदाहरण दिनुभयो ।

‘म विद्यालय जा“दा यता होईन होईन सर भनेर आफ्ना शौचालय तिर नतान्नुहोला’ मैनालीले भन्नुभयो, ‘छात्रको मा पुरुष शिक्षक र छात्राकोमा महिला शिक्षक पस्नुस् ।’ उहाले शौचालय मागेर पुरा जंगल बनाउने व्यवस्थापन गर्न नसकिने समस्या देखेको बताउनुभयो । चलाखले थुपारीरहने सोझाहरुका विद्यार्थी जंगलमा दिसा गर्ने अबस्थाक अन्त गर्न आग्रह गर्नुभयो । विद्यालयको फोहर थुपारेर राख्नु जस्तो लाजमर्दो अरु नहुने भनाई थियो । ‘भैसी बा“ध्न नमिल्ने जस्तोमा बच्चाहरु नराख्नु होला जिशिअ मैनालीले भन्नुभयो, ‘गेटमै हेर्नुस, के के मिल्काईएको छ । कक्षामा जानुस केके छितरीएको छ ।’