गोविन्द खड्का
घोराही, १ असार । तपाईहरुमध्य कति जना स्थानिय तहको निर्वाचनमा उम्मेद्धार बन्दै हुनुहुन्छ ?’ तालिम समापनका दिन हलमा प्रश्न सोधियो । हलभरीका महिलाहरु मध्य तिन जना जतिले हात उठाएर उम्मेद्धार चिनाए ।

‘तपाईहरुको तालिमको अनुभुति सुने । साह्रै मख्ख परे“ ।’ प्रमुख अतिथि युनिसेफ नेपालगंजका रामप्रसाद गौतमले भन्नुभयो, ‘महिला तथा वालवालिकाको क्षेत्रमा यसको उपयोगिता हुनेछ ।’ गौतम भन्दा खुशि सहभागि महिलाको अनुहार देखिन्थ्यो । सबै जसो स्थानिय तहमा चुनिने स्तरका थिए । उनिहरुले जागरुकता सकृयता भरपुर देखाएपछि प्रमुख अतिथि गौतम खुशि हुनुभयो । उहाले स्थानिय तहमा योजना निर्माण र जोखिममा परेकालाई न्यायिक निकाए सम्म प¥याउन सक्ने क्षमता हासिल गरेको भन्दै भरपुर उपयोग गर्न आग्रह गर्नुभयो ।

mahila newsसहभागिहरुको गतिविधि लुकेर नियालेको महिला तथा वालवालिका कार्यालय प्रमुख विश्वमणि जोशिले खुलासा गर्नुभयो । प्रशिक्षार्थी लामो समय निहुरीएर सिक्नमै पर्यत्न गरेको गरेको दृश्यले अचम्मै खुशि तुल्याएको जोशिको भनाई थियो । ‘अर्थ पुर्ण सहभागिता भएको छ’ कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख जोशिले भन्नुभयो, ‘यो उत्सुकतालाई समुदायमा पुगेर व्यवहारमा देखाउनुहुने छ ।’ कार्यालय मार्फत गरीएको लगानि र पर्यत्न सफल भएको प्रमुख जोशिको टिप्पनी थियो ।

यसरी अतिथिहरु खुशि तुल्याउन दुई जना सहभागिले आफुले सिकेका कुरा फरर्र बोलेर सुनाएको अनुभुति काफि थियो । समुदायमा आधारीत संरक्षण प्रणालि सातदिने तालिम प्राप्त गरेका जानका पाण्डेले गाउमा चेतना जगाउन प्रशस्त खुराक मिलेको बताउनुभयो । उहाले नआएकालाई गएर सिकाउन सहकर्मी हरुलाई आग्रह गर्नुभयो । वालविवाह, वालश्रम, महिला अधिकार, घरेलुहिंसा, देवानी र फौजदारी मुद्धा, कसलाई समाजमै मध्यस्त गर्ने र कस्तालाई न्यायीक निकाए सम्म पठाउने, गोप्य कुन कुरा राख्नुपर्छ लगाएत धेरै जानेको पाण्डेले बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक महिला तथा वालवालिका कार्यालयका महिला विकास अधिकृत मोति कुमारी विश्वकर्माले अति राम्रो सिकाएको प्रति पाण्डेले हर्ष व्यक्त गर्नुभयो । उहाका अनुसार महिला संस्था समितिका अध्यक्ष व्यवस्थापन कर्मचारी तथा निगरानी समुहका संयोजकलाई महिला तथा वालवालिका कार्यालयले दिएको तालिम अबधि हा“स्दै खेल्दै सिक्दै रमाएर वित्यो । हिड्दा घुम्दा र काम गर्दा प्रशिक्षक विश्वकर्माका गतिविधि याद आईरहने छन् ।

सहकारीमा अब अलमल नहुने गरी व्यवस्थापकिए क्षमता हासिल गरेको तालिमका सहभागि शुसिला वलीको भनाई थियो । महिला सहकारी संस्थाका व्यवस्थापकलाई दिईएको सातदिने लेखापालन तालिमको अनुभुति सुनाउदै वलिले यस अघि कुन हिसाव कता राख्ने भनेर समस्या आउने गरेको सुनाउनु भयो । कतिपय सहभागिलाई व्याज कसरी बा“ड्ने भन्ने पनि थाह थिएन । लेखा केहो भन्ने नजानेकालाई तालिम उपयोगी भयो । जिन्सी खाता, खर्चभएर जाने र नजाने, सम्पती, आम्दाननी, भौचर उठाउने, खरिद आदेश लगाएत धेरै कुरा सिकेको बताउनुभयो । अबका दिनमा सहकारीहरु व्यवस्थित र नियम संगत तरीकाले अघि बढ्ने वलीको भनाई थियो ।

घुडा टेकेर, बसेर एकठाउ बाट अर्को ठाउ घस्रेर प्रशिक्षक सहकारी डिभीजन कार्यालयका प्रमुख विनोद पौडेलको गरेको मेहनत फलदायी हुने टिप्पनी गर्नुभयो । महिला तथा वालवालिका कार्यालयका लेखापाल एवं तालिमका प्रशिक्षक बुद्धि भुषाललाई अनुगमनमा आउन आग्रह गर्नुभयो । ‘हाम्रो तालिमको उपलब्धी हेर्न सहकारीमा आउनु होला’ वलिको आग्रह थियो, ‘बच्चा जन्माएपछि त्यसलाई हुर्काउने र तह लगाउने जिम्मा पनी लिनुपर्छ ।’ उनिहरुको प्रतिकृया पछि तालिम संयोजकहरु महिला विकास निरीक्षक गुप्ता अधिकारी, देवि सुवेदी लगाएतले पनि सहजिकरण फलदायी भएको टिप्पनी गर्नुभयो । कार्यक्रममा सहभागि युनिसेफका राजुखनाल हर्षित देखिनु हुन्थ्यो । सो कार्यक्रम संचालन सहभागि शुसिला न्यौपानेल गर्नुभएको थियो ।