इन्द्रेणी संवाददाता
काठमाडौं, १ असार । नयाँ सरकार गठन प्रक्रियामा सहभागी भइ देउवा सरकारलाई समर्थन गर्ने मधेश केन्द्रित दलहरुको आन्दोलनका कारण राजनीतिक दलहरुले फेरी पनि दोस्रो चरणको निर्वाचनलाइई धरापमा पार्ने तयारीमा जुटेका छन् ।
बर्षौं देखिको प्रतीक्षा पछि स्थानिय सरकार बनाउने स्थानिय तहको निर्बाचनमा मतदाताहरु मतदान गर्न आतुर भैरहेको बेला जनताको मताधिकार प्रयोग गर्ने अधिकार फेरि अर्कोपटक कुण्ठित पार्न लागिएको छ । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन सार्ने कुराको बिरुद्दमा छ ।
निर्वाचनको मिति सार्ने विषयमा आज (बिहीबार) सत्तारुढ दल र राजपाबीच छलफल हुने भएको छ । साथै यसबारे निर्वाचन आयोग र नेकपा एमालेसँग पनि छलफल हुने बताइएको छ । यदि निर्वाचन आयोग र एमालेले पनि सहमति जनाएभने अर्को निर्वाचन सर्ने प्राय निश्चित छ ।