गोविन्द खड्का
घोराही, ३० जेठ। न्यु राईडर अटोवल्र्ड प्रा.लि.ले घोराहीमा हुन्डाई कारको तिनदिने एक्सचेन्ज कार्यक्रम आईतवार शुरु गरेको छ । जुनसुकै कम्पनीका कारको उचित मुल्यांकन गरी पुरानो लिएर नया दिने कम्पनीले जनाएको छ ।
सो अबसरमा एकलाख देखि चार लाख सम्म कारको विक्रीमा छुट सुविधा रहेका सेल्सम्यान विष्णु के सिले जानकारी दिनुभयो । शोरुममा १९ लाख देखि एक करोड २२ लाख सम्मका कारहरु छन् । विभिन्न डिजाईन र मोडलका कारहरु जुनसुकै कम्पनीका कार संग एक्सचेन् जगर्न सकिने व्यवस्था छ । अथोराईज्ड रिकन्डीसनले मात्रै ति गाडिहरुको मुल्यांकन गरी मुल्य तोकने छ ।
यसैगरी सो अबधिमा टेष्ट ड्राईभ गर्ने लक्की वीनर घोषणा गरीने छ नेपालका लागि अधिकारीक विक्रेता लक्ष्मी ईन्टरकन्टीनेन्टल प्रालिका मार्केटिङ अफिसर सुरज शर्माका अनुसार त्यसले स्मार्ट फोन पाउने छ । उनिहरुको नाम लेखेर राखिने छ लक्की ड्रबाट विजेता घोषणा गरीने छ ।
खरीद विक्रीमा मात्रै व्यवसाय फस्टाउदैन । विगी्रएपछि सर्भिस नपाउने, लामो समय झुलाउने, पार्टस नपाएर तनाव झैलनु पर्ने लगाएतका समस्या आउछन् । कुनै पनि झन्जट व्यहोर्नु नपर्ने भन्दै राम्रो विक्रीहुने कार बताएको छ । अरु कुनै कम्पनीका गाडिले सताएको भए मुक्तहनु हुण्डाईको एक्सचेन्जमा सहभागि हुन आग्रह गरेको छ । एक्सचेन्जगर्नेलाई बोनस २५ हजार थप दिने बताएको छ । बैंक र ईन्स्योरेन्सको काम पनि अनद स्पोर्ट गर्ने जनाएको छ ।
केहि समय अघि आफ्ना ग्राहक संगको सम्बन्धलाई गाढा बनाई राख्न प्रा.लि.ले एक्सपेरियन्स हुण्डाई कार्यक्रम गरेको थियो । सामान्य एसि सुविधा देखि ग्राहकले आफ्नो स्तर अनुसारका हुण्डाईका गाडि खरीद् गर्न सक्छ । गत चैत १७ गते हुण्डाईको ग्रयाण्ड आईटेन २०१७ कार लन्च गरेको थियो । शोरुम सञ्चालक सुरज शाक्यले गत बर्षको विक्री बाट शोरुमले नेपालमा डिलर अफ द ईयर २०१६ को उपाधि जितेको जानकारी दिनुभयो । उहाले हुण्डाई कार नेपाली बजारमा लोकप्रियता कायम गरेको बताउनुभयो । गुणस्तरीय उत्पादन र उत्कृष्ठ सेवा गरेको अनुभव संगै विश्वसनियता कायम गरेको सञ्चालक शाक्यको भनाई छ । उहाका अनुसार हुण्डाई भारतमा सन् २०१४ मा कार अफ द ईयर भएको थियो ।