गोविन्द खड्का
घोराही, पर्ल एकेडेमि घोराहीले विद्यालय क्षेत्रको करीव १५ बोरा बढि फोहर शुक्रवार जम्मा गरेको छ । छिमेकी घरहरु बाट जथाभावि फालीएको विद्यालय करेसा बारीको फोहर विद्यार्थी मार्फत जम्मा गरेको जनाएको छ ।

तिन चारतला अग्ला घरहरु मुनि एक तले विद्यालय रहेको छ । विद्यालयको करेसा बारी अलि फराकीलो देखिन्छ । त्यो करेसा बारी अग्लाघर बाट पोको पारेर फोहर खसाल्ने क्षेत्र बनेको छ । उनिहरुले घरको खानपीनमा उपयोग गरेका बोक्रा तथा खोस्टाहरु त्यहि करेसामा फाल्छन् । विद्यार्थीले निकालेका कागज अन्य टुक्रा भन्दा घरमा प्रयोगहुने अण्डाका खोस्टा, तरकारीका बोक्रा, बचेका दालभात, रोटि तरकारी विद्यालयको करेसा बारीमा डुङ डुङती गन्हाउने गरी रहेका थिए ।

18926398_797559307084164_1734442846_o

‘बच्चाहरुले मास्क लगाएर, हातमा ग्लोब्स पहिरीएर फोहर उठाए’ विद्यालयका रेडक्रस सर्कल शिक्षक नायक पदम गिरीले भन्नुभयो, ‘असाध्यै घिनलाग्दा र लाजमर्दा बस्तुहरु पनि भेटिएका थिए ।’ उहाका अनुसार कण्डमका खोल, प्रयोगभएका प्याड लगाएत परिवार नियोजनका साधनका खोलहरु, केहि बच्चाका दिसाका पोकाहरु, घरभित्रको कसेरको धुलाका पोकाहरु लगाएतका अनगन्ति फोहरहरु थिए । त्यहि फोहर गन्हाएर विद्यार्थीहरुमा एलर्जी देखिएपछि सफाई अभियान चलाएको शिक्षक गिरीले जानकारी दिनुभयो । रेडक्रस सर्कल र ईको कलवका विद्यार्थीहरु सफाईमा सामेल थिए । कक्षा ६ देखि दश सम्मका सबै विद्यार्थीहरुलाई शुक्रवार दिउसो भरी लाग्यो ।

उत्तरी करेसाको फोहर उठाउदा मात्रै करीव १५ बोरा बढि फोहर संकलन भएको विद्यालयले जनाएको छ । पुर्वतिरको करेसामा उठाउन भ्याएको छैन । यसरी लाजमर्दो अबस्था हुदा पनि विद्यालयले पहल नगरेर बच्चा प्रति गैह्रजीम्मेवारी देखाएको बुझीन्छ । गर्मिमा गन्हाएर एलर्जी देखिएपछि मात्रै विद्यालय आत्तीएको हो । केहि समय अघि विद्यालय क्षेत्र फोहर भनेर समाचार प्रकाशित भएको थियो । नियमित र निरन्तर सफा गर्न ध्यान नपुगेको अर्का शिक्षक विराज आचार्यले स्विकार्नुभयो । अबका दिनमा फोहर हुनै नदिने उपाए खोज्ने विद्यालयले जनकाएको छ ।
18838398_797559240417504_1900895489_o

चाडै विद्यालय व्यवस्थापन समितिको बैठक बसेर यस बारे निर्णय लिने शिक्षकहरुले प्रतिकृया दिए । रेडक्रस सर्कलले सरसफाइ निति बनाएर प्रस्ताव गरेको छ । जसअनुसार फोहरफाल्ने छिमेकि घरहरुलाई पत्र लेखेर नफाल्न अनुरोध गर्ने । घोराही उपमहानगरपालिकालाई फोहर उठाईदिन आग्रह गर्ने लगाएतका छन् । विद्यार्थीले शुरुमा साप्ताहिक र पछि पाक्षिक वातावरणीय सरसफाई गर्ने बताएका छन् । भने विद्यालय क्षेत्रका टोलहरुमा पनि सरसफाई अभियान चलाउने बताएको छ । फोहर भनेर घृणा गरेको विद्यालयलाई नमुना सफा गराउने विद्यार्थीले प्रतिबद्धता जनाएका छन् । उनिहरुले जस्तो सुकै फोहर पनि उठाउने बताएका छन् ।

पढाई रहदा हावा चल्यो भने खुला झ्याल बाट गन्ध भित्र ल्याउथ्यो । त्यो फोहरका चाङ उठाईरहदा छिमेकिहरु भने रमिते बने । बच्चाहरुले दुर्गन्ध हटाएको दृश्यले केहि छिमेकिलाई नछोएको प्रति विद्यालयले खेद प्रकट गरेको छ । उनिहरु आफै सामेल भएर सफ ागर्ने, विद्यार्थी संग आएर आब फाल्दैनौ भनेर प्रतिबद्धता जनाउने लगाएका गतिविधि विद्यालयले आशा गरेको थियो ।

18836353_797555840417844_2131952410_o

आफ्नो बच्चा सम्झिई जिम्मेवार बनिदिन विद्यालयले छिमेकिलाई आग्रह गरेको छ । बच्चा पढ्ने, हुर्कने सम्वेदनशिल क्षेत्रलाई फोहर फाल्ने डङगुर सरहको व्यवहार नगर्न विद्यालयले आग्रह गरेको छ । एक पटक लिखित अनुरोध गर्ने व्यवास्था गरेमा कानुनि बाटो रोज्ने विद्यालयको भनाई छ । छिमेकिको व्यवहार जस्तो भएपनि अरुले फोहर फाल्छन भनेर सहने विद्यालय प्रशासनलाई भने ठिक मान्न सकिन्न ।

त्यसतो लाचार, समवेदना नभएको विद्यालय प्रशासनले विद्यार्थीको जिवन र भविश्यमा संकट ल्याउन सक्छ । त्यसको समिक्ष विद्यालयले गम्भिर भएर गर्नै पर्छ । सबै भन्दा बढि फोहर कक्षा एक देखि पा“च सम्मका विद्यार्थी बस्ने छेत्र रहेको छ । त्यो दृश्यले कलिला मुना जसले प्रतिकृया दिन सक्दैन उनैलाई सबै भन्दा व्यवास्था गरेको ठहर्छ । फोहर भएको स्विकार्दै अबका दिनमा यस्ता कमजोरी दोहोरीन नदिने विद्यालयले जनाएको छ । त्यसलाई साच्चै व्यवहारमा प्रयोग गर्दै गए पक्कै नमुना बन्ने छ ।