dhaniram sharma

धनिराम शर्मा (  ऋतुविचार )
राज्यले स्पष्ट नीति बनाउन नसक्दा युद्धकालीन ऐतिहासिक महत्वका सम्पदाहरु संकटमा पर्दै गएका छन्, एक दशक लामो नेपालमा चलेको माओवादी विद्रोहको क्रममा निर्माण भएका भौतिक या अभौतिक वस्तुहरुको संरक्षण गर्न नसक्दा संकटमा पर्न जान थालेका हुन् । शान्ति प्रकृयापछि युद्ध पर्यटनको प्रवद्र्धन गरि आर्थिक विकास गरिने भनिएपनि सम्पदाहरुको अभिलेखीकरण गर्ने कार्य समेत हुन नसक्दा युद्ध सम्पदाहरुको बिचलली हुदै गएको हो। पर्यटनका धेरै आयामहरु मध्ये युद्ध पर्यटन विश्व बजारमा निकै अर्थपूर्ण मानिन्छ, मेमोरी टुरिज्मको दृष्टिकोणबाट पर्यटन प्रवद्र्धन गर्न सकिने विश्वभर उदाहरणीय पर्यटकीय गन्तव्यहरु छन् । पर्यटकीय संभावनाले निकै महत्व भएपनि सरकारी ध्यान पुग्न नसक्दा सम्पदाहरु गुमनाम बन्दै गएका छन् ।

rolpa

नीति र कार्यक्रमको पर्खाइमा युद्ध सम्पदा
युद्ध कालमा निर्माण भएका जनवादी विद्यालय भवन, कम्युन भवन, तालिम केन्द्र, पदमार्ग, स्थानीय उद्योग, केन्द्रीय बैठक भवन, जननमुना अस्पताल, शहिद स्तम्भ जस्ता अत्यन्तै महत्व राख्ने सम्पदाहरुको राज्यले रेखदेख गर्न नसक्दा जिर्ण बन्दै गएका छन् । राज्यको स्पष्ट नीति र कार्यक्रम नहँुदा अभिभावकविहिन जस्तै बन्दै गएका छन्, ऐतिहासिक सम्पदाहरु । न त राज्यले सम्पदाहरुको महत्वको विषयमा स्थानीयमा जागरण ल्याउन सकेको छ, न त आफ्नै नीति र कार्यक्रममार्फत संरक्षण र सम्वद्र्धन गर्न सकेको छ, जसले गर्दा सम्पदाहरुको उचित संरक्षण हुन सकेको छैन, यद्यपी ऐतिहासिक सांस्कृतिक महत्वको मूर्त या अमूर्त सम्पदाहरुको संरक्षण गर्न राष्ट्रिय संस्कृति संरक्षण नीति २०६७ जारी भएको छ, यद्यपी राष्ट्रिय संस्कृति संरक्षण नीति २०६७ का अनुसार ऐतिहासिक सम्पदाहरुको उचित संरक्षण गरि प्रवद्र्धन गरिने भनिएको छ , तर नीतिगत रुपमा राज्यले संरक्षणका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा ऐतिहासिक संपदाहरु संकटमा पर्न थालेका हुन् । अपितु नीतिले यस्ता ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने भनिएपनि सरकारी बेवास्ताका कारण सम्पदाहरु नामेट हुदै गएका हुन् । संरक्षण र सम्वद्र्धन गर्ने सवालमा कसैको ध्यान नपुग्दा सम्पदाहरुको अभिलेखीकरण गरि संरक्षण सम्वद्र्धन गर्ने कार्य हुन सकेका छैनन् ।

IMG_5529

करिब दश वर्ष यता माओवादी धेरै पटक सरकारको नेतृत्व गरेको छ, सरकारमा पुग्दा माओवादी नेतृत्वले जनयुद्ध संग्राहलय निर्माण र गुरिल्ला पदमार्गको प्रवद्र्धन गर्ने भनिएपनि ठोस र प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ । यद्यपी पछिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएलगत्तै जनयुद्ध संग्राहलय बनाउने घोषणा गरेका थिए, ऐतिहासिक वैठक बसेको स्थान चुनबाङ पुगेर संग्राहलय बनाउने बाचा खाएका थिए, सोही अनुसार सरकारले केही बजेटको व्यवस्था गरेपनि पर्याप्त नभएको सरोकारवालाहरु बताँउछन् । तत्कालीन अवस्थामा माओवादीको आधार क्षेत्रको रुपमा परिचित रुकुम, रोल्पा र जाजरकोटमा जनवादी विद्यालय, जनकम्युन, स्थानीय उद्योग, शहिद स्तम्भ, पदमार्ग निर्माण, जनसहकारीहरु स्थापना भएका थिए, स्थानीय जनताको श्रम र पसिनाबाट निर्माण भएका यस्ता सम्पदा युद्ध पर्यटनको बजारमा निकै महत्व राख्दछन्, विगतमा भएका यस्तै धेरै मेमोरी(स्मरण)हरुको संग्राहलय बनाउन सकिन्छ जसको पर्यटन क्षेत्रमा निकै महत्व रहेको छ । राज्यको स्पष्ट नीति र कार्यक्रम हुन सके ऐतिहासिक सम्पदाहरुको विश्व पर्यटन बजारमा पुराउन सकिन्छ यद्यपी शान्ति प्रकृयाको दश वर्ष यता आइसक्दा पनि ठोस नीति र कार्यक्रमको अभावमा सम्पदाहरुको संरक्षण सम्वद्र्धन गर्न सकिएको छैन ।

युद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न पदमार्गको रेखाँकन
पदमार्गको आसपासको क्षेत्रमा भएका सम्पदाहरुको संरक्षण गरिने भनिएको थियो, राजनीतिक ऐतिहासिक घटनाले मात्र होइन यो क्षेत्र पर्यटनका बहुआयामहरुले निकै समृद्ध मनिन्छ, ढोरपाटन जस्तो आरक्ष क्षेत्र, जलजला जस्तो पाटन क्षेत्र, सिस्ने जस्तो नयाँ पहिचान बनाएको हिमाल मगर आदि भूमि, बहुमूल्य यार्शाको उत्कृष्ट क्षेत्र पुपाल लगायतले यस क्षेत्र उचित गन्तव्य बन्न सक्छ, गुरिल्ला पदमार्गलाई प्रवद्र्धन गर्दै युद्धसंग सम्बन्धित सम्पदाहरुको संरक्षण सम्वद्र्धन गरिने भनिएपनि सरकारी बेवास्ताका कारण सम्पदाहरु सुरक्षित हुन सकेका छैनन्, युद्ध संरक्षण सम्वद्र्धन गर्दै गरिनुपर्ने स्थानीय कृष्ण रेग्मीले बताए ।

प्रकृति, संस्कृति र राजनीतिक ऐतिहासिकताको क्षेत्रमा युद्ध सम्पदाहरुको संरक्षण हुन सकेको छैन, राज्यको स्पष्ट र ठोस नीति तथा कार्यक्रमको अभावमा सम्पदाहरु संकटमा पर्दै गएका छन्, यद्यपी युद्ध सम्पदाहरुको विश्व बजारमा निकै अर्थ रहन्छ, ऐतिहासिक भौतिक या अभौतिक सम्पदाहरुको संरक्षण गरि मेमोरी टुरिज्मको रुपले पनि चिनिने यस्ता ऐतिहासिक वस्तुको संरक्षण र सम्वद्र्धन गर्न राज्यले ठोस नीति र कार्यक्रमसहित आवस्यक पूर्वाधारमा ध्यान दिन सके यी क्षेत्रहरु ग्रामीण पर्यटन विकासमा अब्बल बन्न सक्छन् ।

IMG_2773

प्रकृति, संस्कृति र राजनीतिक ऐतिहासिकताको क्षेत्रमा युद्ध सम्पदाहरुको संरक्षण हुन सकेको छैन, राज्यको स्पष्ट र ठोस नीति तथा कार्यक्रमको अभावमा सम्पदाहरु संकटमा पर्दै गएका छन्, यद्यपी युद्ध सम्पदाहरुको विश्व बजारमा निकै अर्थ रहन्छ, ऐतिहासिक भौतिक या अभौतिक सम्पदाहरुको संरक्षण गरि मेमोरी टुरिज्मको रुपले पनि चिनिने यस्ता ऐतिहासिक वस्तुको संरक्षण र सम्वद्र्धन गर्न राज्यले ठोस नीति र कार्यक्रमसहित आवस्यक पूर्वाधारमा ध्यान दिन सके यी क्षेत्रहरु ग्रामीण पर्यटन विकासमा अब्बल बन्न सक्छन् । प्रकृति संस्कृतिले सजिएका मगरग्रामहरु नेपालका ग्रामीण पर्यटनका बलिया आधार हुन् यही महत्वलाई आधार मानेर, विशेष गरि तत्कालीन माओवादीको आधार क्षेत्रको रुपमा चिनिने जिल्लाका विशेष क्षेत्रलाई समेटेर पदमार्गको अवधारण आएको हो । पदमार्गले बेनी,बाग्लुङ रुकुम र रोल्पा जिल्लालाई छोएको छ । साँस्कृतिक प्राकृतिक तथा राजनीतिक केन्द्रको सामरिक गन्तव्य मानिने यस क्षेत्रको विकास र समृद्धि गर्नका लागि नयाँ पदमार्ग बनाउने अभ्यास गरिएको हो, पदमार्गको रेखाँकनपछि सरकारले माओवादी विद्रोहको शान्तिपूर्ण अबतरणको राजनीतिक वहस छेडेको रुकुम चुनबाङमा जनयुद्ध संग्राहलय बनाउने प्रधानमन्त्री प्रचण्डले उदघोष गरिसकेका छन् । उदघोषपछि प्रवद्र्धन गर्ने संकेत त देखिएको छ, सरकारले करिब ६० लाख बजेट समेत पुराएको छ, यद्यपी समग्र गुरिल्ला पदमार्ग र यस क्षेत्रको आसपासमा रहेका युद्ध सम्पदाहरुको जर्गेना गर्ने प्रभावकारी योजना बनाउन सरकारले सकेको छैन, ऐतिहासिक राजनीति सांस्कृतिक, प्राकृतिक मगर संस्कृति जस्ता बहुआयामले अब्बल मानिने सम्पदाहरुको संरक्षण गर्न सरकारले बेवास्ता गरेको स्थानीय अगुवा गिरिस पुनले बताए ।

अधुरो पूर्वाधारले सुनशान बन्दै छ गुरिल्ला पदमार्ग आसपास क्षेत्र
शान्ति प्रकृयासंगै पश्चिम नेपालको ऐतिहासिक गन्तव्य बनाउने योजना यतिबेला ओझेलमा पर्दै गएको छ, पर्यटन सम्वद्ध सरकारी योजना र कार्यक्रमहरु हुन नसक्दा गुरिल्ला पदमार्ग सुनसान जस्तै बन्दै गएको हो, सन २०१२ तिर निकै सर्वाधिक चर्चामा रहेको पदमार्गको विषय यतिबेला गुमनाम जस्तै बनेको छ, प्रकृति संस्कृति र राजनीतिको संगमको परिचय बनाएको यस क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुनाहरुले अध्ययन गर्ने थलोको रुपमा विकास गर्ने योजनाका घोषणा भएको थियो, युद्धकालनी विषय मात्र यस क्षेत्रमा खोजीको विषय थिएनन् संस्कृति र प्रकृतिको पनि मानिसहरुको खोजी र चासोको विषय बनेको थियो, ओझेलमा परेका धवलागिरिी हिमश्रृखंलामा पर्ने चुरेन पुथा, दोगरी र सिस्ने जस्ता दर्जनौ ६ हजार माथिका हिमाल, दर्जनौ हिमताल, जलजजला जस्ता पाटन क्षेत्र तक, हुुकाम, मैकोट, थबाङ, जेलबाङ जस्ता मगरभूमिहरु पनि सबैका खोजीका विषय थिए, यद्यपी अहिले पनि छन् तर पर्यटनको विकास गर्न आधारभूत पूर्वाधार र पर्यटन शिक्षामा सरकारले जोड दिन अझै सकेको छैन, भने पर्यटन क्षेत्रको नेतृत्व गर्ने निजी संगठन टान लगायतको ध्यान जान सकेको छैन, काठमाण्डौ वरिपरि घुम्ने निजी क्षेत्र, काठमाण्डौ वरिपरि घुम्ने सरकारी पर्यटन संयन्त्र, आधार क्षेत्रलाई बिर्सदै जाने राजनीतिक नेतृत्वको कारण यस क्षेत्रको संभावनाहरु छाँयामा पर्दै गएका हुन् । शान्ति प्रकृयाको आरम्भको बेला निकै चर्चामा उठाइएको युद्ध पर्यटनको विषय करिब ४ वर्षयता सुनशान जस्तै बन्दै गएको रुकुमकोटका स्थानीय अगुवा भुवेनश्र उपाध्यायले बताए, शुरु शुरुमा निकै हल्ला खल्ला गरियो तर बिस्तारै सबै विषय सेलाउदै गएको उपाध्यायले आरोप लगाए ।

IMG_5773

युद्धबाट सबैभन्दा प्रताडि भएको क्षेत्र भएकोले माओवादी नेतृत्वले बेनीदेखि सुलिचौरसम्मलाई नयाँ गन्तव्य बनाउने प्राथमिकताकासाथ उठाएको हो, तत्कालीन युद्धको बेला केन्द्रीय स्तरका सैन्य प्रशिक्षण , सैन्य योजनासंगै पाटी हेडक्वार्टरको रुपमा छनौट भएका यी क्षेत्र यतिबेला भने सुनसान बन्दै गएका छन्, शान्ति प्रकृयाको आरम्भसंगै युद्ध सम्पदाहरुको संरक्षण र गुरिल्लापदमार्गको प्रवद्र्धन गरि स्थानीयको जीवन स्तरमा सुधार ल्याउने माओवादी नेतृत्वको आश्वसन खासै व्यवहारमा देखिन सकेको छैन, युद्धसंग सम्बन्धित मूर्त या अमूर्त सम्पदाहरु हराउदै गएका छन् भने युद्धकालीन संम्पदाको संरक्षण र प्रवद्र्धन गरि युद्ध पर्यटनलाई प्रवद्र्धन गर्ने सपनाहरु तुहिँदै गएको स्थानीयको आरोप छ । तत्कालीन समयमा निर्माण भएका कम्यून, जनवादी विद्यालय, स्थानीय उद्योग , सडक पुल पुलेसाहरु, युद्धकालनी बङकर, मिटिङ हल आदिको अस्तित्व नामेट बन्दै गएको छ, एकातिर ऐतिहासिक सम्पदाहरु गुमनाम बन्दै छन् भने अर्काे नयाँ पदमार्ग बनाउने माओवादी नेतृत्वको योजनामा बिस्तारै तुसारो लाग्दै गएको आरोप लाग्ने गरेको छ ।

IMG_9826- r(1) (1)यद्यपी पछिल्लो चरणमा जलजलालाई संरक्षीत क्षेत्रको रुपमा विकास गर्ने भन्दै जलजला संरक्षण गुरुयोजना कार्यान्वयन चरणमा लगिएको छ, अपितु यी साना तिना सरकारी योजनाले समग्र गुरिल्ला पदमार्गको प्रवद्र्धनको विषयमा सम्बोधन हुन नसक्ने धरैको तर्क छ, विस्तृत अध्ययनपछि सोही अनुसारको लगानी गर्न नसक्नु र पदमार्गको महत्व र यसका सुन्दर पक्षहरुको संरक्षण सम्वद्र्धन गर्न नसक्नुले युद्ध सम्पदाहरु गुमनाम र गुरिल्ला पदमार्ग ओझेलमा पर्दै गएको आरोप लगाउनेहरुको ठूलै ताँती छ । तैपनि युद्ध सम्पदाहरुको संरक्षण र गुरिल्ला पदमार्गलाई व्यवसायीकरण गर्न विशेष पहल भैरहेको माओवादी नेतृत्वको दावी भने रहदै आएको छ, यस क्षेत्रको राजनीति संस्कृति र प्रकृतिको अधिकतम उपयोग गर्ने गरि सम्पदाहरुको संरक्षण र पदमार्गको विकासका लागि पहल भैरहेको माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य तथा तत्कालीन सैन्य कमाण्डर तेजबहादुर वली प्रतिकले दावी गरे ।

IMG_5551मनोरम ग्रामीण मगरभूमि क्षेत्र
आदिबासी मगरहरुको संस्कृति भाषा भेषभुषा जीवनशैलीले निकै सुन्दर मानिन्छ यस क्षेत्र, मगर ग्रामहरुले सजिएको यस क्षेत्रलाई किङडम अफ मगर कल्चरको उपमा समेत दिइएको छ, प्रकृति र संस्कृतिको अनुपम संयोजनबाट सांस्कृतिक इतिहास बोकेका मगर ग्रामहरु पर्यटन क्षेत्रमा प्रवल संभावना छन् । राज्यको ठोस पर्यटन नीत र कार्यक्रमको पर्खाईमा रहेका ग्रामीण क्षेत्र ग्रामीण पर्यटनका बलिया आधार हुन् । तकसेरा, हुकाम, मैकोट, लुकुम, महत थबाङ जेलबाङ जस्ता मगरबस्ती निकै मनोरम छन्, सांस्कृतिक पर्यटनको हिसाबले निकै अब्ब मानिने ग्रामीण बस्तीहरुमा पर्यटन सम्बद्ध कुनै कार्यक्रम संचालन गर्न नसकेको स्थानीय बताँउछन्, धवलागिरी हिमश्रंखलामा पर्ने चुरेन, पुथा, दोगरी सिस्ने हिमचुचुराहरुको काखमा अवस्थित मगर भूमि क्षेत्र संभावनाको खानी नै हो, वर्षमा विदेशी तथा स्वदेशी पर्यटकहरु यहाँ पुग्ने गरको छन्, पाहुना पुगेपनि गतिलो बास स्थान खानपान सहि सूचनाको अभाव इत्यादी समस्या ज्यूका त्यू छन्, यहाँको संस्कृति प्रकृति र राजनीतिक अध्ययन गर्ने गरको पाइएको छ, अध्ययन गर्न आउने पाहुनाको अध्यावधि गर्ने थप प्रचार गर्ने, आतिथ्यताको संस्कार प्रदर्शन गर्ने जस्ताका काम हुन सकेका छैनन्, यतिमात्र होइन गतिलो सूचना प्रविधि छैन, संचार क्षेत्रबाट पुरै विमुख छ, गतिलो बासको व्यवस्था सरसफाईको समस्या, रुट गाइडको अभाव इत्यादी हुन नसक्दा दिन प्रतिदिन गुरिल्ला पदमार्ग र यस आसपासको क्षेत्र ओझेलमा पर्दै गएको हो । सरकारले पर्यटनसंग सम्वद्ध होमस्टे संचालन, पर्यटन शिक्षा, प्रचारात्मक कार्य गर्न सके ग्रामीण रोजागरी श्रृजना गर्न सकिने भएपनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा राज्यले केही काम गर्न नसकेको लुकुमका स्थानीय अगुवा रुजीधन घर्तीले बताए । मगर संस्कृतिले समृद्ध लुकुम मगरहरुको उदगम थलोको रुपममा रहेकोले प्रकृति संस्कृति र राजनीतिक दृष्टिकोणले प्रवद्र्धन गर्न सकेमा ग्रामीण पर्यटन प्रवल संभावना रहेको घर्तीको दावी छ ।