इन्द्रेणी संवाददाता
दाङ, ३० जेठ । कार्यकर्ता रिहाइको माग गर्दै विप्लव माओवादीले आहन गरेको राप्ती बन्दका कारण दाङसहित राप्तीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण दाङबाट जिल्ला वाहिरका लागि सवारीका साधन छुटेका छैनन भने जिल्लाभित्र छोटा दुरीका सवारीका साधन पनि सञ्चालन हुन सकेका छैनन् ।

bandaबन्दकर्ताहरु उपस्थित नभएपनि बन्दले सबै बजार, कलकारखाना, शिक्षण संस्था ठप्प छन् । विहानैदेखि यातायातका साधन बजार कलकारखाना शिक्षण संस्था बन्द छन् । भने विचमा अलपत्र परेका सवारीका साधनहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्य स्थानमा पठाएको छ ।