गोविन्द खड्का
घोराही, २० जेठ । थोरै मुस्कान छोडेर ग्राहकलाई स्वागत गरीरहेको भेटिने राज सटिङ सुटिङ एण्ड टेलरिङ का फनाधर भुषाललाई व्यखुश कसैले भन्दैन । साहु भेटाउनै मुश्किल । नभएर होईन कुन हो भनेर चिन्न नसकेर । मिजासीलो । सरल स्वभाव । व्यापार व्यवसायमा फिट खाएको ग्राहक संग जस्तै पर्दा पनि नझर्किने शैली ।
क्याटलकको गड्डि पल्टाएर डिजाईन निकाल्ने जमाना थियो करीब आठ बर्ष अघि भुषालले पेशा अंगाल्दा । त्यसबेला समाजलाई पचेको थिएन । धेरैले होच्याउनलाई कान्छो दमाई उपमा दिएका थिए । बाहिरी संसारका प्रतिकृयाको पुरै व्यवास्ता गर्दै भुषाल रातदिन सिलाई कटाई सिक्न केन्द्रित हुनुभयो । त्यसैको प्रतिफल भुषाललाई अहिले जुनसुकै कपडा तयार पार्न सक्ने सिपालु बनाएको छ ।
आफु पेशा प्रति खुशि हुनुनै ग्राहक संग गरीने व्यवहारमा आएको सरलता हो । उहाका अनुसार पेशालाई बोझको रुपमा लिएकाहरुले ग्रँहक संग सम्मान जनक व्यवहार गर्न सक्दैनन् । ढिलो चाडो तिनको पेशा व्यवसाय धरापमा पर्छ । संस्कारको घेराले गर्दा जो तोले आ“ट्न सकदैनन । परिणाम त सिलाईकटाई पेशामा दमाई बाहेक अरुजातको उपस्थिति निकै न्युन छ । अझै सम्मानीत पेशा मानेका छैनन् । सिप भनेर स्विकार्नुको साटो जातिए पहिचानमा जोड्छन् ।
नजिकै काम गरीरहेका डिजाईनर विकास परियारले संचालक भुषालका अभिव्यक्तिमा सघाईलाग्नुभयो । ‘शरीर अनुसार फिट खाने कपडा तयार पार्ने हामि ईजिनियर हो’ परियारले भन्नुभयो, ‘समाज भर्खर दमाई बाट टेलर माष्टर सम्म भन्ने बनेको छ । त्यो पनि निकै ठुलो सम्मान दिएको महशुस गर्छ । कपडा टुक्राउने, गास्ने अनि ठिक्क परेको सिलाईदिएर अरुको ईच्छा पुरा गर्ने व्यक्तिाई डिजाईनर भन्न सक्दैन ।’ उहाका अनुसार जति गाउ वस्ति उति समस्या छ । ठुला शहरहरुमा मात्रै डिजाईनर भनेर सम्मान गर्न थालिएको छ ।
प्रविधिको निकै विकास भएको छ । एकैपटकमा विस वटासम्म सर्ट काट्न सक्ने कटर मेशिन छ । त्यसले दश वटा सम्म पाईन्ट एकैपटक काट्न सक्छ । टा“क लाउन र घर बुन्न काजवटन मेशिन आएको छ । बक्रम सेटगरेर सुन्दर देखाई कोट मजबुत पार्न कोटपेष्टिङ मेशिन छ । वाफले आईरन लगाएर चाडो र राम्रो बनाउन स्टिम आईरन छ । एकैदिनमा विसवटा सम्म सर्ट र १५ वटा सम्म पाईन्ट सिलाई गर्ने जुकि मेशिन आएको छ । त्यसले दुईवटा सम्म कोट तयार गर्न सक्छ । जुकि डिजीटल मेशिन भित्रिएपछि चाडौ गर्न सकिएको हो ।
तर पनि दक्षा कामदारको अभाव भईरहन्छ । अहिले २२ जनाले काम गरीरहेको बताउने भुषालले अधिकांश महिला बढाउन लागेको जानकारी दिनुभयो । उहाको पुरुष प्रति विश्वास घट्दै गएको छ । उहा भन्नुहुन्छ, सानोतिनो पर्वमा पनि दुईतिन दिन विदालिएर बस्छन् । ग्राहकलाई भोली, भोली भनेर थकाउने अबस्था आउछ । ग्रँहक बाट वेईमान बनिने खतरा निम्त्याउछन् । जाड रक्सी नखाने, ह्रयाङ भयो भनेर बहाना पनि नगर्ने ईमान्दार भएकाले महिला थप्दै गर्नुभएको छ । आधुनिक मेशिनले काम घट्दै गएपनि मान्छेको अभाव हुने रोकिएको छैन । फुत्त भागेर विदेश उड्ने खतरा पनि रहन्न । लामो समय काम गर्ने भएकाले दक्षता बढ्छ ।
मोवाईलमा डिजाईन ल्याएर ग्राहकहरु आउछन् । त्यो हेरेर फ्याट्टै डिजाईन निकाल्न सक्ने खुबि चाहिन्छ । सिपमा कुन जात भनेर कतै आउदैन । दक्षता र क्षमताको माग गर्छ । त्यस संगै तोकिएको समयमा काम गरेर ग्रँहकको विश्वास जित्न सक्ने हुनुपर्छ । गार्मेन्ट पनि सुरु गरेका भुषालले जुता, टाई वेल्ट टोपि लगाएत दुलाह श्रृंगार्दा होस वा अफिस पठाउन चाहिने सबै फेसन तयार गर्नुहुन्छ । भित्र पसेर दुलाह बनि बाहीर निकाल्ने गरी रेडिमेट कपडा तयार गर्नुभएको छ । विद्यालय, क्याम्पस र अन्य सरकारी कार्यालयलाई फिट हुने पोशाकहरु त्यारी हालतमा छन् ।
जति नया फेसन फेन्सी तिर आएपनि सिलाईको महत्व घटेको छैन । औपचारीक पोषाक एवं सरकारी कर्मचारीका लागि अनिवार्य छ । भद्रता प्रदर्शन गर्ने व्यक्तिहरुका लागि पनि सिलाएका कपडा नभई हुदैन । यसरी माग र महत्व बढिरहेका बेला सिलाई पेशा भने जाति बिशेषमा कैद गर्न खोजिएको छ । सिलाउने भनिएको दमाईजातका पच्छिल्लो पिढी सिलाईमा लागेको देखिन्न । सिसि क्यामेरमा नजिक बसेका भुषालले खुशि हुदै भन्नुभयो, ‘दमाईले सिलाएकै लाउछु भन्यो भने अब पाउदैन’ यहि कुरा नबुझेको प्रति असन्तुष्टि जनाउदै थप्नुभयो, ‘यत्रो घोराहीमा फरक जातका सिलाईकटाई गर्ने दुइजना मात्रै छौ ।’ उहाका अनुसार सिप जातअनसार हुदैन भन्नेमा धेरै कन्भिन्स छैनन् । तल्लो जात भनेर हेपिएको दमाईले गर्ने काम भन्छन् । भुषाल आफैलाई भने रत्तीभर ग्लानी छैन । सिलाई गर्न दमाई खोजे गुजारा चल्दैन ।