तुलसीपुर, १९ जेठ । नेकपा एमाले दाङले दाङका सवै स्थानिय तहमा उम्मेदवारको टुँगो लगाएको छ । एमाले दाङका अध्यक्ष टिकाराम खड्काले जिल्लाका १० स्थानिय तहमा सवै उम्मेदवारको छनोट भइसकेको वताए ।
जिल्लाका दुइवटा उपमहानगरपालिका मध्ये घोराहीमा मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपानेलाई उम्मेदवारका रुपमा उभ्याएको छ भने तुलसीपुर उपमहानगरपालिकामा मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्यलाई तोकिएको छ । घोराही उप महानगरपालिकाका १९ वटा वडा मध्ये १७ नम्वर वडामा वाहेक सवैमा उम्मेदवारको चयन भइसकेको छ भने तुलसीपुरको १९ वटै वडामा उम्मेदवारको टुंगो लागिसकेको छ ।
यसै गरि लमही नगरपालिकामा मेयरका रुपमा कुलवहादुर घर्ति र उपमेयरका रुपमा मिना घर्तिलाई उम्मेदवारका रुपमा छनोट गरेको छ । त्यस्तै ७ वटा गाउँपालिकामध्ये राप्ती गाउँपालिकाको अध्यक्षमा खिमवहादुर केसी,उपाध्यक्षमा राजपुर गाउँपालिकाका अध्यक्ष कुलवहादुर गिरी उपाध्यक्षमा सीता यादव,वंगलाचुली गाउँपालिकाको अध्यक्षमा गिरवहादुर कुवर र उपाध्यक्षमा तारा थापा ,शान्तिनगर गाउँ पालिका अध्यक्षमा विष्णु केसी र उपाध्यक्षमा खिमा पाण्डे ववई गाउँपालिकको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्मा, गढवा गाउँपालिकामा सहजराम यादव र उपाध्यक्षमा शान्ती चौधरी, दंगिशरण गाँउपालिकाको अध्यक्षमा भागिराम चौधरी र उपाध्यक्षमा सिमा न्यौपाने रहेको अध्यक्ष खड्काले वताए । घोराहीको १७ नम्वर वडाको उम्मेदवार भने केही दिन भित्रै टुँगो लाग्ने उनले वताए ।