माधव बेल्वासे
कपिलवस्तु ३० बैशाख । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्र्तरगत सुरहि खोला नजिकै सानो झुपुडि वनाएर व्यापार गर्छन रामु केवट ।जिल्लाको पथ्थरदेहिया वस्दै आएका केवट करिव २० किलोमिटर टाढा गई व्यापार गर्ने गर्दछन ।

kharbhuja newsगर्मि मौसम सुरुवात भए सगैं केवट को दैनिकि यसरि नै वितिरहेको छ । ३५ सय मा एक विघा जग्गा भाडामा लिएका छन । प्रति विघा ६ क्वन्टल खरभुजा उत्पादन गर्ने गरेकोे केवटले वताए ।

राजमार्गको छेउमा वसि व्यापार गर्दा दैनिकि ४ सय देखि ५ सय सम्मको व्यापार हुने गरेको उनले वताए ।खेतमा मल,औषधि लगाएतका सामाग्रि जाहो त्यहि पैसा वाट गर्ने गरेको उनले वताए ।

गर्मी समयमा आवात जावत गर्ने मानिसहरुले त्यहावाट खरभुजा किन्ने गर्दछन । गर्मी समयमा वाहेक अन्य समयमा केवट मजदुरि गर्न जाने गर्दछन । मङसिर महिना मा खरभुजाको विया रोपि वैसाख महिनामा खरभुजा तयार हुने भएकोले गर्मिको तिन महिना खरभुजाको व्यापार गर्ने केवटको भनाई छ । आफुले कमाएको पैसाले आफ्नो परिवार पाल्न र व्यावसाय गर्न ग्राहो भएको दुखेसो पोखे ।

नेपाल कृषि प्रधान देश भनेर चिनिए पनि खरभुजा लगाएतका विउ भारत वाट लिने गरेको उनले वताए । केवटले भने “नेपालमा खरभुजाको बिया कहा पाईन्छ कहा भारत नजिकै पर्छ उतै वाट ल्याउछौ”।

नेपाल सरकारले किसानको लागि केहि काम नगरेको अर्का खरभुजा व्यापारि रामेश्व केवटले आरोप लगाए । सरकारले किसानको लागि धेरै काम गरेको छ भन्ने समाचार सुनिएपनि त्यो लागु नभएको उनको भनाई रहेको छ । रामेश्वर भन्छन “खै आज सम्म एउटा विया,मल,ओषधि केहि पाइएको छौन आफै कमाउने त्यहि लगानि लगाउने गरेका छौ ।जिल्ला कृषि कार्यलयवाट कहिले काहि आएपनि नाम मात्र टिपेर लाने गरेको उनिहरुको भनाई रहेको छ ।