राजन न्यौपाने 

गोरखा, ३० बैशाख । नेपाली काँग्रेस गोरखाले मौन समयमा नगद, रक्सी र मासु वितरण कार्यलाई जारी राखेको छ । जिल्लाका गाउँ गाउँमा कम्तीमा दुई सय देखि २२ सय रुपैयाँ सम्म नगद वितरण गरिएको नेपाली काँग्रेसका महासमिति सदस्य जनार्दन पोखरेलले बताए ।

आफ्नो जिम्मा भित्र परेको शहिद लखन गाउँपालिका वडा नं. १ मा एक लाख पचास हजार रुपैयाँ वितरण भएको उनले जानकारी दिए । रक्सीको लागि अध्यक्षका उम्मेदवार वेल बहादुर थापाको घरमा बोतल लिएर जान अनुरोध गरेको अर्यालले बताए ।

नगदसँगै मासुका लागि कुखुरा, बाख्राका पाठीहरु प्रदान गर्ने कार्यक्रम जारी रहेको उनले बताए । निर्वाचनको अघिल्लो रात रमाईलो नभए काँग्रेसमा कसले भोट हाल्छ रु भन्दै एक दिन जिल्याएपछि भोट पाइन्छ भने काँग्रेसले खर्च गर्न नडराउने उनले बताए । वडा नं. १ को भोगटेनी देखि गैरीगाउँ, दमैगाउँ, डाँडागाउँ, पुरानागाउँ, सानो दिप्लिङ,ठूलो दिप्लिङ लगायतका क्षेत्रमा नगद वितरण गरिएको हो । वडा नं. १ माओवादीको आधार इलाका भएपछि आफूले वितरण गरेको नगद, रक्सी र पैसाले काँग्रेसलाई सहयोग पुग्ने उनले बताए । नेपाली काँग्रेस शहिद लखन गाउँपालिकाका बागी उम्मेदवार रहेको अर्यालले गाउँपालिकामा माओवादी केन्द्र विजयी हुने बताए ।

लामो समय नेपाली काँग्रेसको राजनीतिमा विताएका अर्याललाई काँग्रेसले गाउँपालिका प्रमुख हुनबाट रोकेको थियो । आफूलाई साथी भाईहरुले दिएको रकम निर्वाचनका बेला खर्च गरेको उनको भनाई छ । वडामा जित्नुपर्ने उम्मेदवार माओवादीका भीम बहादुर आले हो , उनको जनमत छ तर जिल्ला पार्टीले बक्राङलाई पछि पारेकाले यो पटक काँग्रेसलाई जिताउन उनले आग्रह गरे ।

आफूलाई विहानै घरमा आएर जनार्दनले सात सय रुपैयाँ दिएको शहिद लखन १ का गोल बहादुर आलेले बताए । मतदाता नामावलीमा नाम भने नभएको उनको भनाई छ । यसैवीच गाउँ गाउँमा एक एक गिलास एक भोट अभियान विभिन्न पार्टीहरुले सञ्चालन गरेका छन् । स्थानीय तहको निर्वाचन भएको कारण योग्य र दक्ष उम्मेदवार भोट दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।