माधव बेल्वासे
कपिलवस्तु ३० बैशाख । स्थानिय चुनावको खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले सनिवार एक दिनका लागि आह्वान गरेको थियो । नेपाल बन्दका कारण विहानै देखि कपिलवस्तुको जनजिवन प्रभावित भएको छ ।वन्दको पुर्व सन्ध्यामा नेकपाले विज्ञाप्ति जारि गरि वन्दको आह्वान गरेको थयो ।

banda-sadak-300x160

बाटोमा बन्द कर्ताहरु नदेखिए पनि विहानै देखि जिल्लाको पुर्व पश्चिम महेन्द्रराजमार्गमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु गुडेका छैनन् । बजार पसल उद्योग कलकारखाना समेत वन्द रहेका छन् ।नेकपाले भने राज्यले फेरि पनि दमन र धरपकडलाई जारी राखेमा त्यसको परिणाम गम्भिर हुने भन्दै सचेत रहन सरकारलाई चेतावनी पनि दिएको छ ।

बन्दका समयमा एम्बुलेन्स, दमकल, वारुणयन्त्र, प्रेस, मानवअधिकार वादि संघ संस्था लगायतका सवारीहरुलाई भने विना अवरोध सञ्चालन गर्न दिएको नेपाल कम्युनिष्ट पार्टीले जानकारि दिएको छ ।