शरद रेग्मी
तुलसीपुर, २६ बैशाख । दाङको तुलसीपुरमा संचालन भएको ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियान ३८ औं सातमा प्रवेश गरेको छ । सो क्रममा आज मंगलवार जिल्लाका पत्रकार पनि हातहातमा झाडु वोकेर सडकमा देखिए । उनीहरु सामाजिक उत्तरदायित्व निर्वाह गर्न र सामाजिक क्षेत्रमा भैरहेको प्रसंसनिय कार्यलाई हातेमालो गर्न सडकमा आएको वताएकका छन् ।

4कलमजीवीहरु यसरी हातमा झाडु वोकेर सडक छेउमा रहेको फोहोर समेत संकलन गरेको दृष्य देख्दा घर तथा पसलधनीहरु समेत सरसफाईमा सहभागी भएका थिए भने आयोजकहरु थप उत्साहित देखिएका थिए । ३८ औ हप्ताको सरसफाई अभियानको नेतृत्व गर्न नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित तुलसीपुर पुगेका दर्जनौ पत्रकारहरु सरसफाईमा सहभागी भएका थिए । सरसफाई अभियानमा तुलसीपुर क्षेत्रका पत्रकारहरुको समेत उल्लेखिनिय सहभागिता रहेको थियो ।

सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै पत्रकार महासंघका अध्यक्ष प्रियासनले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालीकाको मुख्य आयोजनामा संचालन भैरहेको सरसफाई अभियानले मुलुक भर सकारात्मक सन्देश प्रवाह गरेको वताए ।