सल्यान, २६ बैशाख । सल्यानमा चुनावी प्रचारका क्रममा घाइते भएका एक जना उम्मेद्वारको मृत्यु भएको छ । आइतबार राती लडेर गम्भीर घाइते भएका कुमाखमालिका गाउँपालिका नेपाली काग्रेसका वडा १ का खुलातर्फका सदस्यका उम्मेदवार दलवहादुर रानाको मृत्यु भएको हो ।
राती १० बजेसम्म गाउकै टाट्केमा मतदातासंग भेटघाट गरिरहेका उनी छिमेकीको घरबाट खस्दा जनावर बाध्ने किलोमा परेका थिए । घाइते उनको उपचारको लागि भारतको लखनउमा सोमबार निधन भएको हो ।
लडेर गम्भीर घाइते भए पछि उनलाई उपचारको लागि लखनउ लगिएको थियोे । उपचारको क्रममा निधन भएपछि उनको शवलाई कुमाख मालिका (साविकको स्वीकोट) टाट्केमा ल्याउने क्रम चलेको परिवारले जनाएको छ ।