दाङ, २६ वैशाख । रुखले च्यापेर तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका ६६ वर्षीय दलबहादुर वलीको आज मृत्यु भएको छ ।

indइलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीयवासीले आज बिहान आफ्नै बारीमा काटेर ढाल्न लागेको रुखको दृश्य हेर्न पुगेका वली रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएकामा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । वलीको टाउकामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । रासस