काठमाडौँ, २६ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशको लोडसेडिङ अन्त्य अभियानलाई दिगो बनाउन एलइडी बल्ब किन्न लागेको बताए ।

kulmaaankulmaan२ अर्ब ८ करोडको एलइडी बल्ब खरिदमा ऊर्जामन्त्री जनार्दन शर्मासँग मिलेर करोडौँ अनियमितता गर्न खोजेको आरोप लागेपछि आज कार्यालयमै पत्रकार सम्मेलनको आयोजना यस्तो बताएका हुन् ।

‘नेपाली जनताको एक(दुई रुपैयाँ किन खानु ?’, कुलमानले पत्रकार सम्मेलनमा रुँदै भने, ‘पैसा नै खानु परेको भए दुई चार घन्टा लोडसेडिङ गरेर करोडौँ कमाउँथेँ ।’

देशमा रहेको लोडसेडिङको चरम समस्या हटाउन आफू र आफ्नो टिमले सफा मनले काम गरेको बताउँदै एलइडीमा पैसा खान लागेको आरोप लगाउँदा दुःख लागेका उनले बताए ।

प्राधिकरणले एलइडी बल्ब सिधै भारत सरकारको कम्पनीबाट ल्याइने स्पष्ट पार्दै उनले बजारको भन्दा दोब्बर सस्तोमा एलइडी बल्ब किन्न लागेको दावी गरे ।

‘बजारको भन्दा दोब्बर सस्तोमा एलइडी बल्ब हामी किन्छौँ, चीनको साधरण गुणस्तरवाला बल्बबाट पनि ठुलो ठगी भइरहेको छ । सरकारीस्तरबाट हुने खरिदमा नियत खराब भयो भन्नु अफबाह हो’ उनले भने ।