बिमल गौतम
तुलसीपुर १२ माघ । तुलसीपुर नगरपालिका वडा नम्वर ३ मा भएको १५ दिने कढाई तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । गत पौष २६ गते देखि शुरु भएको कढाई तालिमको आज एक औपाचारिक कार्यक्रम गरि समापन गरिएको हो । तुलसीपुर नगर पालिका वडा नम्वर ३ को महिला लक्षित शिर्षकको ७५ हजार रुपैया बाट सो तालिम सम्पन्न गरिएको हो ।
तालिमका वडाका दलित , बिपन्न , जनजाति , अन्य गरि ३५ जना महिलाहरुको सहभागिता रहेको सामाजिक परिचालक लिना शर्माले जानकारि दिनुभयो । वडा सचिव होम बहादुर वलिको अध्यक्षता तथा तुलसीपुर नगर पालिका कार्यालयका समाज कल्याण अधिकृत टोप बहादुर डाँगिको प्रमुख आतित्थ्यतामा तालिमको समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगिले सिकेको सिपलाई ब्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । नगर पालिकाले महिला लक्षित कार्यक्रम अन्र्तगत प्रत्येक वर्ष बिभिन्न तालिमको आयोजना गर्ने भन्दै डाँगिले ब्यवसायीक रुपमा आयआर्जन तर्फ लाग्न महिलाहरुलाई सुझाव दिनुभयो । डाँगिले सिपले मानिसलाई आफनो खुट्टामा उभिन मद्त गर्ने भन्दै सही सदुपयोग गर्न पनी आग्रह गर्नु भयो ।
सो अवसरमा तुलसीपुर नगर पालिकाका एल जि सि डि पि कार्यक्रम संयोजक हेमन्त योगि , सह लेखापाल लेखत घिमिरे , श्रीगणेश सामुदायिक वनका अध्यक्ष नारायण पन्थि , प्रशिक्षक भुमा केसी , सहभागिबाट ईश्वरि पोख्रेल , मिना पराजुली लगाएतकाले बोल्नु भएको थियो । महिला संञ्जाल तुलसीपुर ३ का संयोजक ईश्वरा पोख्रेलको स्वागत मन्तब्य बाट शुरु भएको समापन कार्यक्रमको सहजिकरण सामाजिक परिचालक लिना शर्माले गर्नु भएको थियो ।
