अभिलाष राजभण्डारी
दाङ, १३ माघ । पहिलो मिस दाङ विद्या गुरुङ संग मिस दाङ २०१६ मा सहभागिहरुले अन्र्तक्रिया गरेका छन । पेज थ्रि ईन्टरटेन्मेन्ट प्रालीको आयोजनातथा रोहितअधिकारी फिल्मस् र हेप्पीप्लानेट मुभीको सहकार्यमा दाङमा चलिरहेको मिस दाङ २०१६ मा सहभागिहरुले पहिलो मिस दाङ २०१२ विद्या गुरुङ संग अन्तरक्रिया गरेकाहुन ।
अन्तरक्रियामा मिस दाङ २०१२ की गुरुङले आत्मविस्वासका साथ सहभागिहुनआग्रहगर्नुभयो । त्यसको साथै लगनशिलता, आत्मविस्वासका साथ प्रतिभाहरु प्रस्तुतगर्न समेत उहाले आग्रहगर्नुभयो । मोडलिङको क्षेत्र शारिरीक सौन्दर्यता मात्र नभई आफु भित्र रहेको कला, क्षमता, प्रतिभा र बौद्धिक क्षमताहरु पनिआबस्यक रहेको मिस दाङ २०१२ गुरुङले बताउनुभयो । मिस दाङ २०१६ का लागि जिल्लाका १४ जना सहभागि छन् ।
साथै चलचित्र निर्माता रोहित अधिकारी संग पनि मिस दाङ २०१६ का सहभागिहरुले अन्तरक्रिया गरेका छन् । चलचित्रमा महिलाहरुको उपस्थिती, नायीकाहरुको भुमिकाका विषय र चलचित्रहरुका लागि आउने कलाकारहरुले अध्ययन गरेर आउनआबस्यक रहेको चलचित्र निर्माता रोहितअधिकारीले बताउनुभयो ।
मिस दाङको फाईनल भोली
मिस दाङ २०१६को फाईनलशुक्रबार हुने भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा सहभागीहरुले अन्तिमप्रतिस्पर्धा गर्नेछन् । बेलुकी ५ बजे देखि सुरु हुने अन्तिम प्रतियोगितामा १४ प्रतिस्पर्धीहरुले आफ्नो क्षमता प्रस्तुतगर्ने छन् । कार्यक्रमको निर्णायकको रुपमा पुर्व मिस नेपाल २००५ सुगारिका केसी, निर्देशक हेमराज विसी, नृत्यङगना पुर्णिमा केसी र संगीतकार तथा गायक हर्कुलिस बस्नेत रहनु हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार पुरस्कार र फिल्ममा अभिनयको अबसर दिईने, फस्ट रनरअफलाई २५ हजार तथाम्युजिक भिडियोमा अबसर र सेकेन्ड रनरअफलाई १५ हजार पुरस्कार दिईने भएको छ । साथै विभिन्न शिर्षकहरुमा विजेता छनौट गरीने आयोजकले बताएको छ । कार्यक्रममा उपस्थितीहुन पेज थ्रिका निर्देशक रुपक थापाले सबैलाई आग्रह गर्नुभएकोछ ।
