इन्द्रेणी संवाददाता

फागुन १५ – दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित घोराही महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायिका कला लम्सालको धमकेदार प्रस्तुति हुने भएको छ ।

नेपाली लोक संगितका क्षेत्रमा विशिष्ट पहिचान बनाएकी लोकप्रीय गायिका लम्सालले पछिल्लो समय विदेशी भूमिमा सबैभन्दा धेरै रुचाइने नेपाली गायिकामध्ये एक हुन्।

दर्जनौं लोकगीत तथा तीज गीतमार्फत लाखौं दर्शक-श्रोताको मन जित्न सफल गायिका लम्साल नेपाली संस्कृतिप्रति गहिरो सम्मान राख्ने कलाकारका रूपमा चिनिन्छिन्।

जुनसुकै देश पुगे पनि नेपाली झण्डा अंकित पोशाक लगाएर मात्र स्टेजमा प्रस्तुति दिने उनको शैलीले उनीप्रति सबैको विशेष आकर्षण रहन्छ।

नेपाली संस्कृति र राष्ट्रियताको संवाहक गायिकाको रूपमा परिचित लम्सालको आजको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण हुनेछ। लोकगीतको धुनमा दर्शकलाई झुमाउँदै उनले घोराही महोत्सवलाई अझ उल्लासमय बनाउने विश्वास गरिएको छ।