जनक नेपाली
दाङ । घोराही स्थित राप्ती उपक्षेत्रिय अस्पताल परिसरमै एक वालिक एक महिना देखि अलपत्र अबस्था रहेकी छिन । अस्पताल परिसरको आपको चौतारा उक्त बालिक अलपत्र अबस्थामा भेटिएकी हुन । विरामीले थलिएकी वालिकाको नाम ठेगाना भने खुल्न सकेको छैन । अन्दाजी १८ बर्षकी उमेर बालिकालाई घर परिवारले अलपत्र अबस्थामा छोडेको अस्पतालमा कार्यरत कर्मचारीले वताएका छन् । अस्पताल परिसरमै अलपत्र अबस्था रहेकी बालीकाले आपको चौतारोमा रात काटेदै आएकी हुन । दिशा पिसाव समेत कपडामा गर्ने भएका कारण हाल अलपत्र अबस्था रहदै आएको अस्पतालमा कार्यरत अहेब रमिता गौतमले वताउनुभयो ।
शरिरमा किरा परेको अबस्था आफुले उक्त बालिकालाई भेटेको भन्दै अस्पतालमा कार्यरत कर्मचारीको पहलमा नुहादिने, खाना खुवाउने कपाल समेत काटेर सरसफाई गरिदिएको भनाई छ। अलपत्र अबस्थामा रहेको देख्दा सबैले दया मानेर रेखदेखमा सबैले चासो दिएका छन् गौतमले भन्नुभयो ।बालिका बोल्न नसेको कारण उनका बारेमा केही कुरा खुल्न नसेको बताउनुभयो । अलपत्र अबस्थामा भेटिएकी उक्त बालिको अहिले सम्म कसैले खोज तालसका लागि पहल नगरेको गौतमको भनाई छ।
बालिकको उद्धारका लागि कुनै पनि संघ संस्थाले पहल नगरेकोमा दुःख व्यक्त गर्नुभयो । विरामीलाई रोल्पा गौरीगाउँ हाल घोराही ११ मा बस्दै आएकी सपना बुढाले विरामीको रेखदेख गर्दै आउनु भएको छ । आफुले ससुरालाई अस्पताल लिएर आएको वेला उनलाई भेटेको भन्दै उनको खानाको व्यवस्था आफुले गर्दै आएको वताउनुभयो । मैले वालिकालाई देखे त्यसदिन देखी दुःखीको आफ्नो कर्तव्य ठानेर दैनिक खाना खुवाउदै आएको छु भन्नुभयो ।
‘म घोराहीमा जेठाजु,देउरानी संग सिलाई कटाई सिक्न बसेको छु मैले मेरो भागको खाना समेत कटाएर वालिकालाई दैनिक अस्पतालमै पु¥र्याउदै आएको छु भन्नुभयो’ । जेठाजु देउरानीले थाहा पाउनु होला भनेर धेरै खाना बचेको दिन देखाएर देउरानी लाई भनेर ल्याईदिन्छु खाना नबचेन दिन भने मेरो भाग समेत काटेर ल्याएर खुवाउछु । श्रीमानले कान्छी श्रीमति ल्याएर आफुलाई अलपत्र अबस्थामा छोडेको भन्दै दुःखी महिलाले दुःखी बालिककको सेवा गर्नु समाज सेवा भएका कारण उनको सेवामा आफु लागेको वताउनुभयो । अस्पतालमा खाना ल्याएर आउदा कतिपयले यो तेरो मान्छे होला भन्दै हर्काछन् भन्नुभयो ।
अस्पतालमा आधारित लैङ्गिक हिंसामा आधारित एकद्धार सङ्कट व्यवस्थापन ओ.सि.एम. सि.ले बालिकको औषधीको व्यवस्थापन गर्दै आएको ओ.सि.एम. सि.का प्रमुख राधा पौडेलले जानकारी दिनुभयो । अलपत्र बालिका केहि दिन देखि विरामी परेका कारण उनको उपचारका लागि औषधीको जोहो गरेको वताउनुभयो । बालिका मानसिक विरामी जस्तो देखिएको कारण औषधी चलाएको प्रमुख पौडेलले वताउनुभयो । यस बाहेक उनको उद्धारका लागि विभिन्न संघ संस्था संग पहल भैरहेको उल्लेख गर्नुभयो । ओ.सि.एम. सि.मार्फत विहान दुध र औषधीको व्यवस्था मिलाएको प्रमुख पौडेलको भनाई छ ।
