शरद रेग्मी
दाङ, १३ माघ । दाङको तुलसीपुरमा आजदेखि सुरु हुने मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक मूल समिति तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव सञ्चालनको पूर्वसन्ध्यामा बुधबार महोत्सव परिसरमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको र आज बिहानसम्म सबै काम पुरा हुने जनाएको छ ।
‘स्वदेशी उत्पादन प्रयोग गरांै, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौं’ भन्ने नाराका साथ आजदेखि २३ गतेसम्म तुलसीपुरमा महोत्सव चल्दैछ । तुलसीपुरमा बहुउद्देश्यीय सभागृहको निर्माण, अरनिको मैदानको संरक्षणसँगै हरियाली र सफा तुलसीपुरको अभियानलाई सार्थक बनाउने महोत्सवले उद्देश्य राखेको मूल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष विमल रिजालले जानकारी दिए।
त्यसैगरी यस क्षेत्रको कृषिको प्रबद्र्धन, किसानहरुलाई व्यवसायिक बनाउने, पर्यटन र स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने र कला संस्कृतिको संरक्षणमा टेवा पु¥याउने पनि महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभयो । महोत्सवलाई भव्य र सभ्य बनाउने प्रतिबद्धता जनाउँदै अध्यक्ष रिजालले सत प्रतिशत आर्थिक पारदर्शिता हुने पनि दावी गर्नुभएको छ । महोत्सवलाई सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजी सुरक्षाकर्मी, पूर्व सुरक्षाकर्मी र स्वयंसेवकहरुलाई परिचालन गरिने आयोजकले बताएको छ ।
यसैबीच महोत्सवमा करिव साढे ३ सय बढी व्यवसायिक स्टलहरुको बिमा गरिएको र सुष्म सुरक्षाका लागि एक दर्जन सिसि क्यामेराहरु जडान गरिएको समेत अध्यक्ष रिजालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साथै महोत्सवमा स्थानीय कलाकारहरु सँगै दाङ घर भएर अनेत्र कर्मथलो बनाएका कलाकारहरुलाई पहिलो प्राथमिता दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सव प्रचारप्रसार समितिका संयोजक शरद रेग्मीले सहजीकरण गर्नुभएको पत्रकार सम्मेलनमा अध्यक्ष रिजालले दर्शकहरुको सजिलोका लागि साँस्कृतिक कार्यक्रम छिटो सुरु गरेर सबेरै सक्ने र घर फर्कनेहरुलाई यातायातको सहज व्यवस्था गरेको जानकारी दिए।
यसैबीच आज बिहान साढे १० वजे वसपार्कबाट शोभायात्रा निकालिने र १ वजे अरनिको मैदानमा भव्य समारोहका बीच पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको पूर्वसन्ध्यामा बुधबार तुलसीपुर वजारमा मोटरसाइकल ¥याली समेत निकालिएको छ । ७ वर्षपछि तुलसीपुरमा आयोजना गर्न थालिएको महोत्सवलाई राप्तीबासीले चासोका साथ समेत हेरिरहेका छन् ।
दाङसहित राप्ती अञ्चलको व्यापार, व्यवसाय, कृषि, पर्यटन, कला साहित्य, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्नका लागि मेलाले उल्लेख्य भुमिका निर्वाह गर्ने तुलसीपुरबासीको धारणा रहेको छ । यसैबीच यसपाली हुन लागेको महोत्वसलाई वाणिज्य संघले सुचना प्रविधिमा अग्रस्थानमा राखेको छ । यसपालिको महोत्सवमा राप्ती अञ्चलमै पहिलो पटक ईसेवामार्फत् अनलाइन टिकट वुकिङ गर्ने व्यवस्था गरिएको छ । जसका लागि ग्राहकहरुले धधध।भकभधब।अयm।लउ मा गएर टिकट काट्न सक्ने महोत्वसका सुचना तथा सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिए ।