घोराही, २० पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ का लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ ।
पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ घोराहीको जिवीस रोडमा कर्मचारी मिलन केन्द्रदेखि दक्षिणतर्फ रहेको साल्ट्रट्रडिङको खाली जग्गामा सञ्चालन हुने महायज्ञका लागि पूर्वाधारको काम सुरु गरिएको हो ।
नेपाली सेनाले पूर्वाधार निर्माण सुरु गरिएको हो । “सबै धर्मबचि एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ हुने महायज्ञका लागि आवश्यक पूजा मण्डप, हवन वेदी, तुला दान मण्डप, धान्याचल निर्माणको काम सुरु गरिएको र यी पूर्वाधार निर्माण सकिएपछि मञ्च निर्माण गरिने महायज्ञका प्रचारप्रसार संयोजक सुदिप गौतमले जानकारी दिए ।
एक हजार बढि कलश बुकिङ
महायज्ञमा राखीने पवित्र शान्ति कलशमा उत्साहजनक सहभागीता देखिएको छ । आज वुधवारसम्म १ हजारबढी पवित्र शान्ति कलश बुकिङ भईसकेको आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
महायज्ञमा राखीने कलशमा सात समुद्रको जल, सप्तगंगाको जल, विश्वनाथ, बद्रिनारायण, कदारनाथ, पशुपतिनाथ, मुक्तिनाथ लगायत सप्ततीर्थहरुको जल, रामेश्वरम्का २२ कुण्डको जल, सप्तकुण्डको जल, शालग्रामको आहवान गरि पूजा अर्चना गर्दाको जल राखिने पण्डीत दिनबन्धु पोख्रेलले जानकारी दिए ।











